तत्काल निर्वाचन घोषणा गर्न कांग्रेसको माग

0
252

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले संविधान संशोधन बिधेयक थाती राखेर भए पनि तत्काल स्थानीय निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आइतवार विहान बसेको पदाधिकारी बैठकमा यस्तो सुझाव आएको हो ।बैठकले स्थानीय तह वा निकाय जुनसुकै भए पनि चैतमा चुनाव हुनुपर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधान संशोधन बिधेयक थाति राखेर भए पनि चुनाव घोषणा गर्न अधिकांश पदाधिकारीले सुझाव दिएको बताए । उनले एमालेलाई सहमतिमा नलिई संविधान संशोधन र चुनाव दुबै असम्भव भएकाले संशोधन बिधेयक थाति राख्नु उपयुक्त हुने बताए ।कांग्रेसका नेताहरुले स्थानीय चुनाव पुरानै संरचना अनुसार गर्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ । बैठकमा सभापति देउवाले संविधान संशोधन नगरी मधेसी मोर्चा चुनावमा आउने सम्भावना नरहेकाले एमालेले हठ नछाड्दा समस्या उत्पन्न भएको बताएका थिए ।

Advertisements

LEAVE A REPLY