गैंडाको आक्रमणबाट ३ वर्षकी नातिनीको मृत्यु, ७० वर्षकी हजुरआमा घाइते

0
215

१० पुस, नवलपरासी । नवलपरासीमा गैंडाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । आइतबार आफ्नै घरको आँगनमा आगो तापिरहेको अवस्थामा गैंडाको आक्रमणबाट कावसोती- १५ शेरवानकी ३ वर्षकी स्वयता महतोको मृत्यु भएको हो ।

Advertisements

उपचारक लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजेश थापाले  जानकारी दिए । गैंडाको आक्रमणकै कारण सोही स्थानकी ७० वर्षकी बुद्धीकुमारी महतो गम्भीर घाइते भएकी छन् । स्वयता र वुद्धिमाया नातीनी-हजुरआमा हुन् ।

घाइते बुद्धीमायाको टाउकोमा गम्भीर चोट लागेको छ । उनको थप उपचारका लागि स्थानीय अस्पतालबाट पुरानो मेडिकल कलेज भरतपुर चितवनमा लागिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY