सातौं राष्टि्य खेलकुद अन्तर्गतको महिला ५ हजार मिटर दौडमा कान्छीमायाले जितिन् स्वर्ण

0
253

सातौं राष्टि्य खेलकुद अन्तर्गतको महिला ५ हजार मिटर दौडमा कान्छीमायाकोजुले निर्धारित दूरी १८ मिनेट १३.४० सेकेण्डमा पूरा गर्दै स्वर्ण जितिन् । छैटौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी नेपाल आर्मीकी विश्वरुपा बुढा यसपटक चुकिन् ।

Advertisements

क्यानडाबाट फर्किएपछि पनि उनले एपिएफकै जर्सीमा खेलिरहेकी छन् । तर, उनी करारमा आवद्ध भएकी हुन् । ‘आफ्नै कारणले एकपटक एपिएफको जागीर गुमाउन पुगेँ । त्यसलाई बिर्सिएर पुनः एपिएफका लागि योगदान गर्न चाहन्छु,’ कान्छीमायाले भनिन्, एपिएफका सरहरुले पनि सातौं राष्ट्रिय सकिएपछि यसबारेमा कुरा गरौं भन्नुभएको छ ।

गत बर्षको जेठ महिनामा उनले क्यानडा जाने अवसर पाएकी थिइन । नेपालमा भूकम्प गएको एक महिनामात्रै भएको थियो ।

सुरक्षा निकाय सबै उद्धार र राहत वितरणमा व्यस्त रहँदा उनले क्यानडाका लागि बिदा पाउने कुरै थिएन । ‘बिदा पाउने सम्भावना कमजोर भएपछि म बिना जानकारी क्यानडा गएँ । पछि जागिरबाट निकालिएको जानकारी पाएँ ।’ कान्छिले भनिन् ।

उनले १० हजार मिटर दौडमा पनि सहभागिता जनाएकी छन् । यस खेल भोलि हुनेछ ।

LEAVE A REPLY