क्रिसमस डे’का अवसरमा राष्ट्रपतिदेखि दलका नेता सम्मले दिए शुभकामना

0
207

१० पुस, काठमाडौं । इसाई धर्माबलम्बीहरुको महान पर्व ‘क्रिसमस डे’ का अवसरमा राष्ट्रपतिदेखि राजनीतिक दलका नेताहरुले समेत शुभकामना सन्देश पठाएका छन् ।

Advertisements

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुभकामना सन्देशमा भनिएको छ- इसाई धर्माबलम्बीहरुको यस पर्व मनाउनका लागि जसरी हामी एकताबद्ध भएर लाग्छौं त्यसरी नै यस पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा सम्बृद्ध नेपाल बनाउन सबेमा प्रेरणा प्राप्त होस् ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि क्रिश्चियन समुदायका लागि शुभकामना सन्देश दिएका छन् । उपराष्ट्रपतिको सन्देशमा भनिएको छ- आजको यस पावन अवसरले सिंगो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदैे प्रगति पथमा अघि बढ्न हामी सबैलाई ऊर्जा एवम् उमङ्ग प्रदान गरोस् । क्रिसमसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो शुभकामना सन्देश पठाएका छन् । प्रधानमन्त्रीले क्रिसमसले मुलुकलाई निकास दिनका लागि सबै दलहरुलाई एक ठाउँमा उभिने प्रेरणा देओस् भन्ने कामना समेत व्यक्त गरेका छन् ।

उनको सन्देशमा भनिएको छ- हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषका पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु राष्ट्रिय एकता, पारस्परिक सदभाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहदै आएका छन् ।

LEAVE A REPLY