९१ यात्रु बोकेको रुसी सेनाको एक विमान बेपत्ता

0
225

काठमाडौं, १० पुस । रुसी सेनाको एक विमान सोचीस्थित हवाई अड्डाबाट उडेको केही मिनेटमै सम्पर्कविहिन भएको छ ।

Advertisements

बीबीसीले काला सागरको सोचीबाट उडेको विमान झन्डै २० मिनेटमै राडारबाट सम्पर्कविहीन भएको जनाएको छ । स्थानीय समयअनुसार बिहान ५ बजेर २० मिनेट जाँदा विमान उडेको थियो ।

रुसी रक्षा मन्त्रालयले हराएको टीयू–१५४ विमानमा ९१ जना यात्रु रहेको बताएको छ । विमानमा सवार मानिसहरुमा सैनिक, सैन्य म्यूजिक बैंड र केही पत्रकार थिए ।

यो विमान सिरियाको लटाकिया प्रान्तका लागि उडेको थियो । विमानले मस्कोबाट उडान भरेको थियो र इन्धन लिनका लागि सोचीमा रोकिएको थियो ।

रुसी सेनाका प्रवक्ताले विमान रुसकै उत्तरी क्षेत्रमा हराएको हुनसक्ने अनुमान गर्दै खोजी भइरहेको बताएको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY