फेसबुकमा भयोआमिरको ‘दंगल’ लिक,

0
222

आमिर खानको बहुप्रतिक्षित फिल्म ‘दंगल’ रिलिज भएको दुई दिन मात्र भएको छ । यता उनको यो नयाँ फिल्म भने सोसल नेटवर्किङ साइट फेसबुकमा लिक भएको छ ।

Advertisements

फेसबुकमा हाशमी एएचको नामको प्रोफाइलबाट पूरा साढे दुई घण्टाको फिल्म अपलोड गरिएको छ । मिडिया रिपोर्ट अनुसार, उक्त घटना पछि फेसबुकबाट हासमीको अकाउन्ट हटाइएको छ।

हाशमीले आफ्नो प्रोफाइलमा फिल्मको पूरा भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘यसलाई जतिसक्दो मानिसहरुमाझ सेयर गरौं ।’ फेसबुकमा फिल्म लोड भएपछि यसलाई चार लाखभन्दा बढि मानिसले हेरेका छन् ।

हासमी कहाँका हुन् भन्ने बारेमा यकिन भएको छैन । यद्यपी उनलाई भारतीय मिडियाले उनी पाकिस्तानका नागरिक भएको बताएका छन् । कसैले भने उनी दुबईमा बस्छन् भन्ने जानकारी दिएका छन् ।

LEAVE A REPLY