किमको दिसा गन्हाउँदैन: उत्तर कोरियाका बच्चालाई पढाइन्छ यस्ता ७ झुट

0
225

उत्तर कोरियाका नागरिकले त्यहाँको शासन व्यस्वस्थाले जस्तो भन्छ, त्यसै मान्नु र अनुसरण गर्नुपर्ने कानून छ । त्यसैले यहाँका विद्यालयमा जे पढाइन्छ, त्यसलाई मानिसहरुले आँखा चिम्लेर विश्वास गर्ने बाहेक अरु कुनै विकल्प छैन । यहाँका विद्यालयमा यस्तो शिक्षा दिइन्छ जुन तपाईं हामीले पटक्कै विश्वास गर्नै सक्दैनौं । अझ यहाँका बच्चालाई सिकाइने केही पाठ सुन्दा त हामीले हाँसो थाम्नै सक्दैनौं । यसबारे जानकारी लिऔं ।

 

 

किमको दिसा गन्हाउँदैनः
योभन्दा ठूलो बकम्फुसे शिक्षा अरु के हुनसक्ला ? तर उत्तर कोरियाका विद्यालयमा सिकाइने यी कुरामा त्यहाँका मानिस आँखा चिम्लेर विश्वास गर्छन् । अझै कतिले त किम जोंग शौचालय नै जाँदैनन् भन्ने शिक्षा पनि दिइएको पाइन्छ । किमको महलमा जति पनि शौचालय छ त्यो पाहुनाको लागि मात्र हो । उनले डकार पनि लिँदैनन् । यस्तै शिक्षा यहाँका बच्चालाई दिइन्छ ।

Advertisements

२. किमसँग कार रेसको प्रतिस्पर्धा कसैले पनि गर्न सक्दैनँ’:
उत्तर कोरियाको किताब अनुसार किम जोंग ऊनले तीन वर्षको उमेरदेखि नै कार चलाउन थालेको थिए । उनको कारको गती यति धेरै हुन्छ कि उनीसँग कार रेसको प्रतिस्पर्धा कसैले पनि जित्न सक्दैनन् । साथै त्यहाँका किताबले यो पनि भन्छ कि केवल ९ वर्षको उमेरमा उनले सबैभन्दा लामो सेलिंग रेस जितेका थिए ।

३. किम जोंग ऊन शत प्रतिशत भोटसहित सत्तामा आएका हुन्ः
संसारभरी किम जोंग ऊन त्यस्ता एक्ला व्यक्ति होलान् जसले शत प्रतिशत बहुमतसहित सत्तामा आए । अर्थात्, उत्तर कोरियाली नागरिक आफैंले उनलाई आफ्नो शासकको रुपमा चुनेका हुन् । सोच्नुहोस्, उनको चुनाव प्रचार कति राम्रो थियो होला । थाहा पाउनुपर्ने कुरा के छ भने यहाँको ब्यालेट पेपरमा उनको मात्र नाम लेखिने गरिन्छ ।

४. किमले तीन वर्षमा १५ सयवटा किताब लेखेः
किम जोंग ऊन कुनै साधारण विद्यार्थी थिएनन् जो कक्षा बंक गरेर चिया पसलमा साथीसँग गफ चुटेर बस्ने । उनी निकै जुझारु र कर्मठ विद्यार्थी थिए । उनले तीन वर्षमा युनिभर्सिटी लाइब्रेरीलाई १५ सय किताब लेखेर दिए, अथवा यस्तो पनि भन्न सकिन्छ कि उनले आफ्नो भिन्न लाइब्रेरी पनि खडा गरिदिए । तीन वर्षमा १५ सय किताबलाई हिसाब गर्ने हो भने उनले एक महिनामा ४० वटा किताब लेखेका हुन् । यो पूरा संग्रह Grand People’s Study House, downtown Pyongyang  मा उपलब्ध छन् ।

५. किम जोंग ऊनले बर्गरको आविष्कार गरेः
उत्तर कोरियाको पाठ्यपुस्तक अनुसार सन् २००० मा मिन्जु ज्यासन नामका एक नेताले ह्यामबर्गर आविष्कार गरेका थिए । यसको नाम थियो ‘gogigyeopbbang’ जसको अर्थ पाउरोटीमाथि दुइवटा मासु । त्यसपछि त्यहाँ एक कारखाना खोलियो जहाँ यस्तो प्रकारको विशेष खानेकुराको उत्पादन गर्न थालियो । र यसलाई चाख्ने सुअवसर का Kim Il-sung University का प्राध्यापक र छात्राले पाए । यसका साथै उनीहरुलाई पुरस्कार पनि दिइने गरिन्थ्यो ।

किम इल सुंगको भरोसाले देश चलिरहेको छः
यहाँ एक गीत चर्चित छ ‘The country I call my mother I now know is the General Kim’s bosom.’ । यहाँका मानिसलाई देश किम इल सुंगबाट पोषण लिइरहेको छ । जसरी एउटी आमाले आफ्नो बच्चालाई दुध खुवाउँछिन् त्यस्तै किम इल सुंग आफ्ना देशवासीहरुलाई पोषण दिइरहेका छन् ।

७. गोल्फमा किम जोंग इलसँग टाइगर वुड्सले पनि प्रतिस्पर्धा गर्न सक्दैनन्ः
यहाँका मानिसको मान्यता अनुसार किम जोंग इलले पहिलो प्रयासमा नै ५ होल्समा बल पुर्याएका थिए । अहिलेसम्म संसारसामू टाइगर वुड्सले तीन होल्समा बल पुर्याएर चर्चा बटुलेका थिए । अहिलेसम्म किम जोंग इलको रेकर्ड तोड्न नपाएको सायद उनलाई अफसोस होला।

LEAVE A REPLY