प्रचण्डमाथि ओलीको कटाक्ष: एक झुन्ड मानिस साथमा लिएर गोजीमा सलाई र कैचीं बोकेर हिड्दैमा संविधान कार्यान्वयन हुँदैन

0
242

पुस १०, २०७३- एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल तानाशाही व्यवस्थाका प्रधानमन्त्री जस्ता भएको आरोप लगाएका छन् । प्रधानमन्त्री दाहालका पछिल्ला अभिव्यक्तिहरु उत्तेजक र मुलुकलाई द्वन्द्व तर्फ लैजान खाल भएको ओलीले उल्लेख गरे ।

Advertisements

‘उहाँले शान्तिपूर्ण आन्दोलन गरिरहेकालाई वितण्डाकारी भन्नुभएको छ,’ उनले भने, ‘यसले आन्दोलनलाई उत्तेजित बनाउने काम गरेको छ । उहाँको अभिव्यक्ति तानाशाही व्यवस्थाका प्रधानमन्त्री जस्तो छ’ विपक्षी गठबन्धनद्वारा पुस २२ मा गर्न लागेको विरोध सभाबारे जानकारी दिन आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने । उनले गर्न खोजिएको संविधान संशोधनको कुनै औचित्य नभएको बताएका छन् । यो संविधान संशोधन विधेयक राष्ट्रिय हित विपरित छ । संशोधनका कतिपय बुँदा राष्ट्रहित विपरीत भएकाले हामीले संसदमा पेश गर्न नदिएका हौं,’ उनले भने, ‘यो संशोधन विधेयक संसदमा पेश पनि हुँदैन र पास पनि हुँदैन ।’

सरकारले ०७४ माघ सम्ममा निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नुभन्दा पनि नचाहिने कुराको पछाडि लागेर संविधान विपरितको काम गरिरहेको आरोप लगाउँदै उनले भने, ‘सपथ ग्रहण गर्दा कुनै कार्यक्रमको उद्धघाटनमा जान्न भन्ने उहाँ अहिले एक झुन्ड मानिस साथमा लिएर गोजीमा सलाई र कैचीं बोकेर हिँड्नुहुन्छ । कहिले गुरिल्ला ट्रेल त कहिले द्वन्द्वकालमा आफू दूई दिन बसेको घरको रिबन काटेर हिँडिरहनुभएको छ । गुरिल्ला ट्रेल वास्तविक वितण्डाको इतिहास हो । विकास–निर्माण, निर्वाचन लगायतमा ध्यान छैन ।’

यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेपकिपाका सांसद प्रेम सुवाल संविधान संशोधन भारतको इसारामा आएका बताउँदै यसलाई कुनैपनि स्थितिमा पास हुन नदिने दाबी गरे ।

विपक्षी गठबन्धनमा एमालेसहित माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, परिवार दल, राष्ट्रिय जनमुक्ति लोकतान्त्रिक, बहु जनशक्ति पार्टी, नेपा राष्ट्रिय पार्टी, मधेस समता पार्टी रहेकाछन्

LEAVE A REPLY