पाँच सयको बाजी महँगो पर्यो प्रधानाध्यापकलाई, बगायो मर्स्याङ्दीले

0
217

पुस १०, २०७३- लमजुङ सदरमुकाम बेंसीसहर नजिकै मस्र्याङ्दी नदीले बगाउँदा आइतबार एकजना बेपत्ता भएका छन् ।

Advertisements

बेंसीसहर नगरपालिका-७, जोर्ती चौताराका ४० वर्षीय राजु घिमिरेलाई गाउँ नजिकै रानीकुवा छेउबाट मर्स्याङ्दी नदीले बगाएको हो । पाँच सय रुपैयाँ बाजी राखेर प्रतिस्पर्धामा पौडी खेलेका उनी मर्स्याङ्दी नदीले बगाएको र उनीसँगै पौडी खेलेका स्थानीय पदम घिमिरे बाहिर निस्कन सफल भएको स्थानीयलाई उद्धृत गर्दै डीएसपी समीरचन्द्र खरेलले बताए । उनका अनुसार घाटमा पानी लानको लागि पाइप बिछ्याउने क्रममा पदम र राजु बाजी थापेर पौडी खेलेकोमा राजुलाई मध्यान्ह १२ बजेतिर नदीले बगाएको हो ।

५/५ सय रुपैयाँको बाजी राखेर पौडी खेलेका दुई जनामध्ये पदम नदीबाट उत्रन सफल भएको र राजुलाई नदीले बगाएर बेपत्ता बनाएको डीएसपी खरेलले बताए । ‘प्रहरीको टोली, स्थानीय बासिन्दा सबै मिलेर खोजी गरिरहेका छौं । भेटिएको छैन’ उनले भने ।

बेपत्ता घिमिरे खुदीको काउलेस्थित हिमज्योति प्राविका प्रधानाध्यापक रहेको भाइ नाता पर्ने स्थानीय जीवी घिमिरेले बताए । उनका अनुसार दाइ राजु ११/१२ वर्षदेखि उक्त स्कुलका प्रअ थिए ।

LEAVE A REPLY