ज्ञानेन्द्र लाई गणतन्त्र र संघीयताविरुद्ध षड्यन्त्र गर्न खोजे सरकारले नियन्त्रणमा लिने चेतावानी: अनन्त

0
208

१० पुस, दाङ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अन्नतले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि वाहृय शक्तिको आडमा आफ्नो स्पेस बनाउन खोजेको आरोप लगाएका छन् । साथै गणतन्त्र र संघीयताविरुद्ध षड्यन्त्र गर्न खोजे सरकारले नियन्त्रणमा लिने चेतावानी दिए ।माओवादी प्रदेश नम्बर ५ ले बैठकपछि आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अन्नतले, पूर्वराजा ज्ञानेन्द्रले धमिलो पानिमा माछा मार्न खोजेको बताए । ‘ज्ञानेन्द्रले चीन र भारतका नेताहरुलाई भेटेर आफ्नो स्पेस बनाइदिन विन्ती गर्ने गरेको सूचना आएको छ, उनले भने ।पछिल्लो पटक वक्तब्य जारी गरेर ज्ञानेज्द्रले विवादमा आउने काम गरेको भन्दै उनले भने, वौल्न र लेख्न पाउने अधिकार अन्य नागरिकलाई झै उनलाई पनि छ, तर, गणतन्त्र र संघियतालाई नै चुनौति दिने गरी एक्सनमा आए सरकारले नियन्त्रणमा लिनुपर्ने हुन्छ ।’दरबार हत्याकाण्डको छानविन गर्नुपर्ने जनताको माग रहेकाले सरकारले प्रस्ताव अघि बढाउनुपर्ने उनको भनाइ छ ।माओवादी नेता अनन्तले सीमांकन हेरफेरविरुद्ध एमालेले बुटवलमा गरिरहेको आन्दोलन प्रादेशिक राजधानीका लागि भएको टिप्पणी गरे ।
सरकारले ल्याएको संशोधन प्रस्ताव अनुसार दाङ राजधानी बन्ने भएपछि एमालेले आन्दोलन गरेको उनको आरोप छ ।‘दाङलाई राजधानी बनाउने तयारी स्वरुप हामीले सीमांकन हेरफेर गर्ने गरी संशोधन प्रस्ताव पेस गरेका हौं । यो कुनै पनि हालतमा प्रस्ताव पास हुन्छ’, पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले अघि भने, ‘संशोधन प्रस्तावले मुलुकमा बिखण्डन ल्याउँछ भन्नु गलत हो ।’

Advertisements

LEAVE A REPLY