विज्ञानको मृत्यु?

0
261

 

 

 

 

 

 

 

विज्ञानको मृत्यु?
उन्नाइसौं शताब्दिको अन्ततिर आइपुग्दा विज्ञानमा एक प्रकारको सङ्कट आएको अनुभूति भएको थियो। अर्थात् ग्रहहरूका गतिविधि बुझियो, गुरुत्वाकर्षणको रहस्य पनि थाहा भयो, विद्‍युत शक्ति र चुम्बक शक्तिको अन्तरसम्बन्ध पनि पत्ता लागिसक्यो, मान्छेको मुटुको कुरा पनि बुझियो … आदि आदि। थाहा पाउनु पर्ने कुरा के पो बाँकी रह्यो र भन्ने धारणा विकास भएको थियो। तर त्यसो होइन रहेछ। यो सय वर्षमा हुनु हुनामी भयो।
१. ब्रह्माण्डको उत्पत्ति बिग ब्याङबाट भएको रहेछ भन्ने रहस्य पत्ता लाग्यो।
२. भौतिक पदार्थको जड भनेको क्वार्क नाम गरेका तत्व रहेछन् भन्ने बुझियो। क्वार्कलाई पदार्थ भन्न नमिले पनि त्यसैबाट पदार्थ बन्दो रहेछ भन्ने रहस्य छर्लङ्ग भयो।
३. प्राणीको जीवन भनेको डीएनए नामको तत्व रहेछ। जे छ, जे सम्भव छ त्यो त्यसैमा अभिलिखित हुँदो रहेछ भन्ने पत्तो लाग्यो। प्राणीका भूत, भविष्य छर्लङ्ग हुन सक्ने भए – कपालको रङ कस्तो, दाँत कस्ता, छाला कस्ता, कुन रोग लाग्‍ने, बा-आमा कस्ता इत्यादि कुरा त्यही डीएनए अणुले लेखिदिएको रहेछ। त्यसलाई पढ्न सक्ने क्षमता विकास भयो।
अब के बाँकी रह्यो? के थाहा पाउन आवश्यक छ? विज्ञानले पत्ता लगाउन सक्ने कुरा सक्कियो। यसै आसयको एउटा किताब थियो The end of science भन्ने किताब थियो John Horgan को १९९६ मा प्रकाशित भएको। विज्ञानको युगमा ज्ञानको सीमामाथिको चिन्तन रुचिपुर्वक त निश्चितै होला। तर त्यो समय यता विज्ञानले नयाँ नयाँ कुरा पत्ता लगाउने क्रम भने रोकिएन। अब के होला त? विज्ञानले नयाँ नयाँ कुरा पत्ता लगाको लगायै गर्ला? विज्ञानले पत्ता लगाएर नसक्किने ज्ञानको खजाना प्रकृतिमा छ त? थाहा पाउन सकिने कुराको सीमा छैन?
२०१० मा यस्ते अर्को एउटा किताब प्रकाशमा आयो The end of discovery। किताबको कभरको बाहिर लेखिएको छ are we approaching the boundaries of knowledge? Russell Stannard ले लेखेको यो किताबको तर्क झन्डै यस्तै भए पनि अलिकति फरक रहेछ। आज वा केही दशकमा विज्ञानको अन्त हुँदैन। विज्ञानको थाहा पाउन सकिने जति थाहा पाइसक्छ पहिले। तर अहिले हाम्रो समस्या चाहिँ थाहा पाउन सकिने के हो र थाहा पाउन नसकिने के हो भन्ने हो। जे होस् रसेलको तर्क चाहिँ रमाइलो छ – प्रकृतिले सबै कुरा मान्छेको मस्तिष्कको सामु खुल्ला गरिदिएको छैन। मस्तिष्क आफै प्रकृतिको एउटा भाग हो। एउटा सामान्य logical fallacy के हुन सक्छ भने अङ्गले सम्पूर्ण शरीरको बारेमा बताउन सक्छ? त्यसो त त्यस्तो तर्क नभएकै पनि होइन। Fractal geometry ले भन्छ कुनै पनि विशाल वस्तु त्यस्तै आकार प्रकारको साना र सुक्ष्म बस्तुबाट बनेको हुन्छ। जस्तो कि, काउलीको ठूलो थुङाको आकार त्यसको सानो अंश उस्तै हुन्छ। यस अर्थमा सम्पूर्णको सार संक्षेप मानव मस्तिष्क हो कि? अर्थात सम्पूर्ण थाहा पाउन सक्ने क्षमताको मानव मस्तिष्क हो कि? तर रसेल यो कुरामा सन्तुष्ट छैनन्। मानव मस्तिष्कको सीमा हुन्छ। जुन तत्वहरू ले मस्तिष्तको निर्माण भएको हुन्छ, त्यो कसरी थाहा पाउला आफैले? अनुमान गर्नु र थाहा पाउनु फरक कुरा हो। अनुमान ९९.९ प्रतिशत सत्य हुन सक्ला। तर सतप्रतिशत सत्तय भनेर निर्क्यौल गर्न सकिंदैन। प्रकृतिले खोलिदिएको किताब मात्र पढ्न सकिन्छ, जुन किताब बन्द छ, त्यो कसरी पढ्न सकिन्छ?
जान्न सकिने ज्ञानको सीमा छ भनेर रसेल दाबी गर्छन्। भलै त्यसको स्वरूप कस्तो होला भन्ने अहिल्यै अनुमान गर्न सकिँदैन। त्यसो भए विज्ञानको अन्त भएको हो त? विज्ञानले नयाँ ज्ञान पैदा गर्न सकेन भने, त्यो मृत जत्तिकै हो। भविष्यमा विज्ञानको मृत्यु हुन्छ? तर कुरा त्यसो मात्र होइन। विज्ञान भनेको ज्ञानको आविष्कार मात्र होइन, ज्ञानको उपयोग पनि हो। विज्ञानको काम ज्ञानलाई नविनतम् ढङ्बाट उपयोग गर्ने हुनेछ क्रमश: क्रमश:। End of discovery but not end of innovation।…….राम लोहनी

Advertisements

LEAVE A REPLY