आज माओ दिवस, कम्युनिष्ट घटकका विभिन्न कार्यक्रमहरु

0
248

पुस ११, २०७३ १ सय २३ औं माओ दिवस माओ सिद्धान्त मान्ने कम्युनिष्ट घटकले आज विभिन्न कार्यक्रम गरी मनाउँदैछन । २६ डिसेम्बर सन् १८९३ मा चीनको हुनान प्रान्तको साओसानमा जन्मिएका चिनियाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्मदिनको अवसरमा संसारभरका कम्युनिष्ट पार्टीहरुले यो दिवस मनाउने गरेका छन् । जन्मदिनको अवसरमा नेकपा माओवादी केन्द्र लगायत कम्यसनिष्ट पार्टीले राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । माओकै सिद्धान्तमा आधारित भएर तत्कालिन विद्रोही नेकपा माओवादीले दशवर्षसम्म राज्य विरुद्ध सशस्त्र संघर्ष गरेको थियो । माओको सिद्धान्तलाई आत्मसाथ गर्दै सर्वहारा बर्गको उत्थानका लागी भन्दै राजनीतिक आन्दोलन शुरु गरेको माओवादी शान्ती प्रक्रियामा आएसंगै बिभाजन भएको छ । यसैबीच माओ दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमार्फत् मुलुकलाई एकताबद्ध गरी, संविधान कार्यान्वयनको दिशामा अगाडि बढ्न सबैलाई आग्रहगर्नुभएकोछ।

Advertisements

LEAVE A REPLY