बलिउड निर्देशकको फिल्ममा मागेजति पारिश्रमिक दिन राजी भएपछि वर्षाले फिल्म साइन

0
293

 

 

 

 

बलिउड निर्देशक विवेक शर्माले निर्देशन गर्ने भनिएको नेपाली फिल्म ‘मेरो पैसा खोई’को लिडिङ लेडीमा वर्षा राउत पनि थपिएकी छिन् । यसअघि अर्की वर्षा अर्थात् वर्षा शिवाकोटी खेल्ने तय भएको जानकारी आएको थियो । फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा देखिनेछन् ।
रोज राणाले निर्माण गर्न लागेको फिल्ममा वर्षा राउतको प्रवेशसँगै फिल्मको कास्टिङ लाइन अप पूरा भएको छ । केही दिनअघि दुवैले पक्का भएका कलाकारको नाम सार्वजनिक गर्दै एउटी अभिनेत्री खोजिरहेको बताएका थिए । निर्माण टिमले त्यसो त पहिले नै वर्षालाई एप्रोच गरेको थियो । तर वर्षाले चर्को पारिश्रमिक मागेको भन्दै निर्माण पक्ष राउतको विकल्प खोज्न लागेको थियो ।

Advertisements

अन्ततः निर्माण पक्ष वर्षाले मागेजति पारिश्रमिक दिन राजी भएपछि वर्षाले फिल्म साइन गरेकी छिन् । वर्षा आफैले खबरको पुष्टि गरेकी छिन् । ‘प्राइसमा कुरा मिलिरहेको थिएन । उहाँहरु मेरो प्राइसमा सहमत भएपछि फिल्म खेल्न राजी भएकी हुँ,’ वर्षाले भनिन् । उल्लेखित कलाकारसँगै फिल्ममा वलिउड अभिनेत्री जुही चावला, संजय मिश्रा तथा राजपाल यादवले पनि अभिनय गर्नेछन् । ‘मेरो पैसा खोइ?’ सागरको लागी डेब्यू फिल्म हुनेछ ।

लामो समयदेखि भारतमै बस्दै आएका  उनले मुम्बईमा अभिनयको कक्षा लिएका थिए । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक शर्मा स्वयमले लेखेका हुन् ।  त्यसलाई नेपालीकरण भने नेपाली फिल्म लेखक मौनता श्रेष्ठले गरेका हुन् । यस्तै फिल्ममा रहने कुल पाँच गीतको नेपालीकरण भने दयाराम पाण्डेले गरेका छन् । चन्द्र पन्तको एक्शन रहने फिल्मलाई हरी घले लामाले खिच्नेछन् । जनवरी २८ (माघ १५) बाट फिल्म फलोरमा जानेछ ।फिल्मलाई काठमाडौं, पोखरा, बुटवल तथा मुस्ताङमा छायाँकन गरिनेछ । ‘लाईट कमेडी’ जनरामा बन्ने फिल्म नेपाली तथा हिन्दी दुबै भाषामा बन्नेछ ।

LEAVE A REPLY