नेपाली फिल्ममा सर्वाधिक पारिश्रमिकलिने कलाकारहरु

0
269

नेपाली फिल्मको बजार ठिकै बढेको छ । तर त्यसको तुलनामा कलाकारको पारिश्रमिक त्योभन्दा धेरै बढेको छ । कलाकारले त पारिश्रमिक  बढाउने नै भए तर केही निर्माताहरु योभन्दा अघि बढेर कलाकारको पारिश्रमिक बढाउने प्रतिस्पर्धामा सामेल छन् ।कलाकारले पारिश्रमिक पाए वापत्को बजार होस् नहोस् यस्ता निर्मातालाई यसको केही मतलब छैन, बस उनीहरु पैसा धेरै दिनेमा आफ्नो नाम आए दंग पर्छन् । कान्तिपुर साप्ताहिकमा प्रकाशित एक रिपोर्टको आधारमा हामीले पहिलो फिल्म खेल्दा केही कलाकारले पाएको पारिश्रमिकलाई उल्लेख गरेका छौं ।

Advertisements

नेपाली फिल्ममा सर्वाधिक पारिश्रमिक लिने कलाकारको सूचीमा अनमोल केसी पहिलो नम्बरमा आउँछन् । उनले पछिल्लो समय ‘कृ’ भन्ने फिल्मका लागि २० लाख लिएर उद्योग तताइदिएका थिए । तर पहिलो फिल्ममा पनि अनमोलले लिएको पैसा कम थिएन ।‘होस्टल’बाट डेब्यु गरेका अनमोल सो फिल्मबाट पनि १ लाख ७५ हजार लिएका थिए । त्यसयता उनले ‘जेरी’मा ५ लाख, ‘गाजलु’मा ८ लाख लिएका थिए ।
अनमोलपछि बजारमा माग भएका अर्का कलाकार हुन् दयाहाङ राई । राईले भने पहिलो फिल्मबाट जम्मा ३० हजार पाएका थिए । राईले फिल्म ‘दासडुंगा’ खेल्दा ३० हजार पारिश्रमिक पाएका थिए । यही फिल्ममा सौगात मल्लले पनि ३० हजार नै पाएका थिए । दयाले पछिल्लो समय ८ लाख लिने गरेका छन् भने सौगातले पनि समय दिनुपरे अनुसार ५ देखि ७ लाख सम्म लिने गरेका छन् ।
‘दर्पणछायां’ फेम दिलिप रायमाझीले भने पहिलो फिल्म ‘भानुभक्त’बाट जम्मा १५ हजार पारिश्रमिक पाएका थिए । उता अहिलेकी चर्चित हिरोइन रेखा थापाले भने पहिलो फिल्म ‘हिरो’मा २१ हजार पाएकी थिइन् । पछिल्लो समय रेखाले ४ लाख लिने गरेको श्रोतको दाबी छ

LEAVE A REPLY