युरिक एसिड नियन्त्रण गर्न के खाने, के नखाने ?

0
273

मदिरा, मृगौलाको समस्या, मोटोपना, औषधि, प्रोटिनयुक्त खाना, वंशाणुगत, थाइराइड र रगतको समस्याले गर्दा युरिक एसिड बढ्न सक्छ ।

Advertisements

हाम्रो शरीरमा देखापर्ने एक विकारयुक्त पदार्थलाई युरिक एसिड भनिन्छ । शरीरमा नष्ट हुने अवस्थामा पुगेका कोषहरूमा रहेको न्युक्लिक एसिडबाट युरिक एसिड बन्दछ । युरिक एसिड जोर्नीमा जम्न थालेपछि यसको प्रभाव स्वरूप युरिक एसिड (बाथ) (गाइट) हुन्छ ।

लक्षणहरू
१.    जोर्नी दुख्ने
२.    जोर्नी सुनिने
३.    जोर्नी चलाउन नसकिने
४.    ज्वरो आउने
५.    मृगौलामा पत्थरी
६.    दुखाइ राति सुतेको बेलामा धेरै हुन सक्छ आदि ।

सामान्य पुरुषको रगतमा युरिक एसिडको स्तर ७ मि. ग्राम प्रतिशतभन्दा कम हुनुपर्छ । त्यसैगरी सामान्य महिलाको रगतमा युरिक एसिडको स्तर ६ मि. ग्राम प्रतिशतभन्दा कम हुनुपर्छ ।

समाधान गर्ने उपायहरू

चिसो बरफले जोर्नीलाई सेक्नुपर्छ ।
जोर्नीहरूलाई बढी प्रयोगमा नल्याउनु हुँदैन ।
प्रशस्त मात्रामा झोल पदार्थ (सुप, पानी) खानुपर्छ ।
रक्सी नखाने, औषधि प्रयोग नगर्ने ।
माछा–मासु कम खानुपर्छ ।
कफी, भिटामिन सी (अमला, काँक्रो, सुन्तला)  प्रशस्त खानुपर्छ ।
मोटोपन घटाउनु जरुरी छ ।

नियमित किड्नीको परीक्षण गराउनुपर्छ ।
गेडागुडी कम खानुपर्छ । प्रशस्त पानी पिउनुपर्छ ।

डा. मनोज गैरेको आरोग्य जीवन पुस्तकबाट साभार

 

 

 

 

LEAVE A REPLY