मन तातो पानी १० फाइदा

0
272

स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ । तर, बिहान उठ्ने वित्तिकै भने मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । खाली पेट मन तातो पानी खानु विभिन्न रोगबाट बच्नु पनि हो । खाली पेट मन तातो पानी खानुका १० फाईदाः

Advertisements

१ नियामित मन तातो पानी खाँदा पाचन प्रणालीलाई सुधार गर्छ ।

२ छाला चमक हुन्छः दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउदा छालालाई स्वस्थ बनाउछ । अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउछ ।

३ कपाल स्वस्थ बनाउछः मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।

४ पेटका विकार हटाउँछः मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । शरिरको गतिविधि स्वस्थ बनाउँछ ।

५ पेटको दर्द हराउँछः नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा

संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ ।

६ कब्जियतबाट मुक्तः नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ ।

७ वजन घट्छः दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ ।

८ संक्रमणबाट बचाउँछः मनतातो पानी पिउदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ ।

९ एसिडिटीबाट बचाउँछः नियमित मनतातो पानी पिउदा शरिरमा एसिडिटिको सम्भावना हुदैन ।

LEAVE A REPLY