अहिलेसम्मकै सबैभन्दा ठूलो मोबाइल महोत्सवको तयारी पुरा

0
214

काठमाडौं – नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा आयोजना हुने न्यूरोड मोबाइल महोत्सव २०७३ को तयारी पुरा भएको छ । नेपालकै सम्पूर्ण मोबाइल व्यवसायीहरुलाई समेटिएको नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३ गतेदेखि पुष १९ गतेसम्म नेपालको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रायोजनमा आयोजना गर्ने न्यूरोड मोबाइल महोत्सव २०७३ मोबाइलको क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो इभेन्टको रुपमा आयोजना हुँदैछ ।

Advertisements

संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा–लगायतका क्षेत्रहरुमा नेपालकै सबैभन्दा ठूलो मोबाइल महोत्सव आयोजना गर्न लागेको हो । नेपालीहरुले पनि गुणस्तरीय मोबाइल सेटहरु खरिद गरुन र नठगिउन भन्ने उदेश्यका साथ “जहाँ मोबाइल बजार त्यहिँ मोबाइल महोत्सव” भन्ने मूल नाराका साथ मोबाइल महोत्सव गर्न लागिएको हो ।

LEAVE A REPLY