कांग्रेस अडान यथावत स्थानीय निकायको चुनाव घोषणा गर

0
230

पुस ११, २०७३- सत्तारुढ कांग्रेसले तत्काल स्थानीय निकायको चुनावको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

Advertisements

दोस्रो दिन पनि सिंहदरवारमा सोमबार बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बैठकले पुरानै संरचनामा स्थानीय निकायको चुनाव गराउन सरकारको ध्यानाकर्षण गराएको छ । ‘पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार स्थानीय तह स्थापित गर्न समय लाग्छ,’ बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘संक्रमणकालीन व्यवस्थाअनुसार स्थानीय चुनाव गर्न सम्भव छ, गर्नुपर्छ ।’

कांग्रेसको आइतबारको बैठकले पनि दलीय सहमति जुटाएर स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई भनेको थियो ।

स्थानीय निकायमा विनियोजित बजेट सदूपयोग गर्न तत्कालै चुनावको तयारी गर्नुपर्ने निर्णयमा पार्टी पुगेको पौडेलले बताए ।

कांग्रेसले चुनावको तयारीलाई प्राथमिकता दिंदै संविधान संशोधन विधेयक पनि अगाडि बढाउन सकिने धारणा राखेको छ । ‘प्रक्रिया स्थगित गरेर तल जाने भनेको होइन,’ पौडेलले प्रष्टिकरण दिए ।

कांग्रेस बैठकले एमालेलाई पनि वार्तामार्फत संसद अबरोध हटाउन दबाब दिने निर्णय गरेको छ । बैठकले निर्वाचन आयोगको रिक्त पदाधिकारी पूर्तिका लागि पहल गर्ने, निर्वाचनसँग सम्बन्धित विधेयक अगाडि बढाउन आग्रह गर्ने निर्णय गरेको छ ।

कांग्रेसले सभामुखले संसद बैठक निरन्तर नबोलाएकोमा असन्तुष्टि जनाएको छ ।

LEAVE A REPLY