भक्ति पाण्डेको पुस्तक 'चाचा'को विमोचन कार्यक्रममा दाहाल र भट्टराई एउटै मञ्चमा

0
214

पुस ११, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहाले अहिले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र आफूबीच मिल्ने कुरा भएको बताएका छन् । सोमबार माओवादीका सांसद स्वर्गीय भक्ति पाण्डेको पुस्तक ‘चाचा’को विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘देशकाल परिस्थितिले हामीलाई फेरि एकै ठाउँमा ल्याउन बाध्य पार्दै छ ।’

Advertisements

अलग्गिएको १४ महिनापछि एउटै मञ्चमा देखिएका दाहाल र भट्टराईले पाण्डेको पुस्तक ‘चाचा’ को एउटै मञ्चबाट सार्वजनिक गर्दै एक अर्कासँगको सम्बन्धबारे भनाइ राखे।

दाहालले भने, ‘प्रचण्डलाई बाबुरामको र बाबुरामलाई प्रचण्डको आवश्यकता कति छ भन्ने कुरा हामी दुवैलाई मात्रै थाहा छ ।’

प्रधानमन्त्री दाहालले आफूहरु इमान्दार भएर एक ठाउँमा आउनुपर्ने बताए । उनले भने, ‘बाबुराम जीले सामान्य स्टेप चालेर माओवादी छाड्नु भयो । कतिपय छलफल गर्ने विषय हुँदाहुँदै उहाँले छाडेर जानु भयो ।’

यसैगरी भट्टराईले भने माओवादीसँग मिल्ने सम्भावना भोलि पनि रहने बताउँदै पहिला विचार मिल्नुपर्ने बताए । उनले भने, ‘हिजो माओत्सेतुङले भनेको कुरा मात्रले पुग्दैन । अहिले विचारकै कारण फरक भएकोले नयाँ शक्तिमा लागेको हुँ । द्वन्द्वात्मक भौतिकवादका आधारभूत तत्व समाएर अरु विचारको विकास गर्न सकियो भने मिल्ने विषयमा भोलि पनि छलफल हुन सक्छ ।’

प्रधानमन्त्री दाहालले भक्ति पाण्डेको चाहना दुवै मिलुन् भन्ने रहेको बताए । उनले ले भने, ‘हामी यस विषयमा सँगै बस्न कहिल्यै पाएनौं तर। उहाँकै कारण आज हामी एउटै मञ्चमा छौं ।’

भट्टराईले माओवादीसँग भिन्न वैचारिक मत राख्दै २०७२ असोज ९ गते पार्टी परित्याग गरि नयाँ शक्ति पार्टी खोलेका थिए ।

LEAVE A REPLY