सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरूले आ–आफ्नै अडान दोहोर्यासए

0
246

पुस १२, २०७३- सदनको एक महिनादेखिको गतिरोध अन्त्यका लागि सभामुख ओनसरी घर्तीले डाकेको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरूले आ–आफ्नै अडान दोहोर्‍याएका छन् । समाधानका लागि तत्काल अनौपचारिक संवाद सुरु गर्न भने उनीहरू सहमत भएका छन् ।

Advertisements

संविधान संशोधनको अन्तर्वस्तुमा प्रमुख दलहरूबीच तीव्र धु्रवीकरण भएपछि सभामुख घर्तीले सर्वपक्षीय बैठक गरी प्रक्रियामा भए पनि सहमति गर्न आग्रह गरे पनि सत्तापक्ष र प्रतिपक्षबीच त्यस्तो सहमति जुट्न सकेन । शीर्ष नेताहरूबीच हार्दिकता बढेको र सहमतिको सम्भावना बढेको छलफलका सहभागीहरूले बैठकपछि बताए । बैठकमा सत्तापक्षले संविधान संशोधनका अन्तरवस्तुमा सहमतिका लागि संवाद गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै त्यसो हुन नसक्दा प्रक्रिया अघि बढाउनुको विकल्प नहुने धारणा राखेको थियो । जवाफमा प्रतिपक्षले संशोधन विधेयक फिर्ता लिएर सरकारले सहमतिको वातावरण बनाउनुपर्ने अडान राखेको थियो ।
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली भने बैठकमा उपस्थिति थिएनन् । दलहरूबीचको तिक्तता र धु्रवीकरण रोक्न सूचनाद्वारा बैठक स्थगित गर्दै आएकी सभामुख घर्तीले गतिरोध अन्त्यका लागि गरेको यो तेस्रो प्रयास हो । तीन दलका शीर्ष नेताहरूको बैठकका लागि गरेको पहिलो प्रयासमा प्रधानमन्त्री दाहाल अनुपस्थित थिए । पुस ४ को दोस्रो बैठकमा दाहाल, देउवा र ओलीबीच चर्काचर्की भए पनि संवाद जारी राख्ने समझदारी भएको थियो । त्यसयता निरन्तर जिल्ला दौडाहमा रहेका प्रधानमन्त्री दाहालले विपक्षी गठबन्धनसँग औपचारिक/अनौपचारिक संवादसमेत गरेका छैनन् ।

LEAVE A REPLY