हल सिटीलाई हराउँदै म्यानचेस्टर सिटी दोस्रो स्थानमा

0
239

हल सिटीलाई हराउँदै उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर सिटी हल सिटीलाई ३–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो।

Advertisements

म्यानचेस्टर सिटीको जितमा याया टुरे र केलिची इहिनाचोले गोल गरेका थिए। यस्तै इन्जुरी समयमा हल सिटीका डेविसले आत्घाती गोल उपहार दिए।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको म्यानचेस्टर सिटीका लागि ७२ औं मिनेटमा पाएको पेनाल्टीमा टुरेले गोल गरे । त्यसको ६ मिनेटपछि इहिनाचोले अग्रता दोब्बर पारे। इन्जुरी समयमा हल सिटीका डेविसले आत्मघाती गोल गरेपछि म्यानचेस्टर सिटी ३–० ले विजयी भयो।

गएरातिको जितपछि १८ खेलबाट ३९ अंक भएको सीटी दोस्रो स्थानमा उक्लियो। शीर्ष स्थानको चेल्सीको ४६ अंक छ। एक खेल कम खेलेको लिभरपुलको ३७ अंक सहित तेस्रो स्थानमा छ।

LEAVE A REPLY