चेल्सीको कीर्तिमान

0
222

इंग्लिस प्रिमियर लिगमा चेल्सीले लगातार १२ औं जित दर्ता गर्दै कीर्तिमान बनाएको छ। लिग अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको चेल्सीले बोर्नमाउथलाई हराउँदै पछिल्ला १२ खेलमा अपराजित हुँदै कीर्तिमान बनाएको हो।

Advertisements

चेल्सीले लिगमा लगातार १२ जित दर्ता गर्दै सन् २००९ मा बनाएको क्लबको कीर्तिमान तोडेको हो । चेल्सीले सन् २००९ को अप्रिलदेखि सेप्टेम्बरसम्म ११ खेलमा विजयी भएको थियो । प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान भने आर्सनलको नाममा छ । उसले सन् २००२ मा लगातार १४ खेलमा जित निकाल्दै कीर्तिमान बनाएको थियो ।

चेल्सीले बोर्नमाउथलाई ३–० ले हराएको खेलमा पेड्रो र इडन हजार्डले गोल गरेका थिए।

यस्तै बोर्नमाउथका कुकले इन्जुरी समयमा आत्मघाती गोल चेल्सीलाई उपहार दिए।

खेलको २४ औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए। दोस्रो हाफ सुरू भएको केही समयपछि ४९ औं मिनेटमा पाएको पेनाल्टी हजार्डले गोलमा परिणत गरेपछि चेल्सी २-०ले अगाडि बढ्यो।

खेलको इन्जुरी समयमा बोर्नमाउथका कुकले आत्मघाती गोल गरेपछि चेल्सी ३–० ले विजयी भयो।

यो जितपछि शीर्ष स्थानको चेल्सीको १८ खेलबाट ४६ अंक भएको छ। यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी ७ अंकले पछि छ।

LEAVE A REPLY