चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई ८-०ले हरायो

0
232

भारतको सिलगुढीमा जारी चौथो महिला फुटबल साफ च्याम्पियनसिप नेपालले भुटानमाथि गोल वर्षा गरेको छ। खेलको पाँचौ मिनेटमा गोलको खाता खोलेको नेपालले भुटानमाथि ८-०को रवाफिलो जीत दर्ता गरेको हो।

Advertisements

नेपालकी सावित्रा भण्डारी एक्लैले दोहोरो ह्याट्रिक पुरा गरेकी छन्। खेलको ५, ९, २२,३५,६८, ७६ औं मिनेटमा गोल गर्दै उनले डबल ह्याट्रिक पुरा गरेकी हुन्। अन्तर्राष्ट्रिय खेलमा डबल ह्याट्रिक गर्ने भण्डारी पहिलो नेपाली खेलाडी हुन्।

नेपालका लागि थप गोल सर्मिला थापा र कृष्णा खत्रीले गरेकी हुन्।

LEAVE A REPLY