‘दंगल’ रिलिज गर्न शरिफलाई पत्र

0
205

बलिउड नायक आमिर खानको चलचित्र ‘दंगल’ पाकिस्तानमा रिलिज गर्ने/नगर्ने निर्णय प्रधानमन्त्री नवाज शरिफको हातमा पुगेको छ । पाकिस्तानी मिडियाका अनुसार त्यहाँको सूचना तथा प्रसारण मन्त्रालय र वाणिज्य मन्त्रालयले शरिफलाई एक पत्र लेखेर ‘दंगल’ रिलिजको अनुमति मागेका छन् ।

Advertisements

गत शुक्रबार विश्वव्यापी रिलिज भएको ‘दंगल’ पाकिस्तानमा भने चलेको छैन । यद्यपि स्थानीय वितरकहरुले ‘दंगल’ रिलिज हुने आशा अझै गरिरहेका छन् । प्रधानमन्त्री सरिफले चाँडै नै चलचित्र रिलिजका लागि हरियो झण्डा देखाउने उनीहरुको विश्वास छ ।

पाकिस्तानको फिल्म वितरक जियो फिल्म्सका मोहम्मद नासिरले भने-‘पाकिस्तानमा बलिउड चलचित्र रिलीजलाई लिएर हामी अलिकति समस्या झेलिरहेका छौ. । तर हामीले आशा त्यागेका छैनौं । चलचित्र एक हप्ता ढिलो भएपनि रिलिज हुने विश्वास छ ।’

भारत र पाकिस्तानको सम्वन्ध बिगि्रएपछि पछिल्ला तीन महिनामा पाकिस्तानमा हिन्दी चलचित्र चलेका छैनन् । यसबाट भएको आर्थिक नोक्सानी ‘दंगल’ले भरपाइ गर्ने वितरकहरुको आशा छ । अघिल्लो हप्ताबाट भारतीय चलचित्रमाथिको प्रतिबन्ध हटे पनि नयाँ फिल्म प्रदर्शनमा आएका छैनन् ।

मिडियाका अनुसार जियो फिल्मका वितरक ‘दंगल’को रिलिजलाई लिएर आमिर खानसँग निरन्तर सम्पर्कमा छन् । आमिर यस फिल्मका निर्माता समेत हुन् । सरकारी सूत्रले भने ‘दंगल’ रिलिज गर्ने विषय प्रधानमन्त्री नवाज शरिफको हातमा रहेको बताएको छ । फिल्म एक्जिविटर्स एसोसिएसन अफ पाकिस्तानका अध्यक्ष जोरैज लशारीले प्रधानमन्त्री शरिफको जवाफ पर्खिरहेको बताए ।

पाकिस्तान भारतीय चलचित्रको तेस्रो ठूलो बजार मानिन्छ । ‘दंगल’ जस्ता चलचित्रका लागि यहाँका वितरकले ८ देखि १० करोडसम्ममा खरिद गर्छन् र २० करोडसम्मको कमाई गर्छन् । ‘दंगल’ले तीन दिनको अवधिमा सय करोडभन्दा माथिको व्यापार गरिसकेको छ । १९६५ को युद्धको ४३ वर्षपछि सन् २००८ देखि भारतीय चलचित्र पाकिस्तानी सिनेमा घरमा फर्किएका थिए ।

LEAVE A REPLY