सिड्नीमा नेपाली युवकको डुबेर मृत्यु

0
195

२६ डिसेम्बर, सिड्नी । क्रिसमस र नयाँ वर्षको रौनक चलिरहेका बेला अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवकको मृत्यु भएको छ ।

Advertisements

क्रिसमसको पिकनिक खान भन्दै रोयल नेशनल पार्कको वाटामोला समुद्री किनारमा गएका २९ वर्षीय सुजन अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

हर्सभिलको क्विन स्ट्रिटमा बस्दै आएका उनी साथीहरुसँग पिकनिक खान त्यहाँ गएका थिए । काठमाडौंको कीर्तिपुर घर भएका अधिकारी अध्ययनको सिलसिलामा अष्ट्रेलिया आएका थिए ।

उद्धार टोलीले बचाउन सकेनन्

मृतक अधिकारीका साथी अनुप न्यौपानेका अनुसार हिजो साँझतिर सो घटना भएको थियो र सबैभन्दा पहिले  नाइन न्यूज टेलिभिजनले समाचार प्रसारण गरेको थियो ।

त्यसलगत्तै हेलिकोप्टर र एम्बुलेन्सबाट उद्धार टोली पठाइएको थियो । स्वास्थ्यकर्मीहरुले अधिकारीलाई बचाउने प्रयास गरे पनि सफल भएनन् ।

घटनास्थल सिड्नीको दुर्गम क्षेत्रमा पर्दछ ।

न्यौपानेले शवलाई पोष्टमार्टमका लागि क्रोनर्स कोट अफ न्यू साउथ वेल्समा राखिएको र शव नेपाल पठाउने प्रक्रियाका लागि एनआरएन लगायत सबैसँग सहयोगको अपेक्षा गरिएको बताए ।

LEAVE A REPLY