म्यानचेष्टर युनाइटेडले सण्डरल्याण्डलाई हरायो

0
215

१२ पुस, काठमाडौं । हेनरिक एमकेटारियनको उत्कृष्ट गोलको मदतमा म्यानचेष्टर युनाइटेडले सण्डरल्याण्डलाई हराएको छ । युनाइटेडको प्रशिक्षकबाट बर्खास्त भएपछि डेभिड मोएज पहिलो पटक ओल्ड ट्रार्फड फर्किएको खेलमा युनाइटेडले सण्डरल्याण्डलाई ३-१ ले हराएको हो ।

Advertisements

घरेलु टोलीले ३९ औं मिनेटमा लिन्डको गोलबाट अग्रता लिएको थियो । थप दुई गोल भने खेलको अन्त्यतिर भयो ।
८२ औं मिनेटमा जाल्टन इब्राहिमोभिचले गोल गरे भने ४ मिनेटपछि हेनरिकले गोल थपे । उनको गोल भने निकै उत्कष्ट थियो । पोष्टबाट करिव १२ यार्ड नजिक रहेका उनले जाल्टनको पासमा ब्याकहिड्ल भली गोल गरे ।

उनको गोलको निकै प्रशंसा भएको छ । प्रशिक्षक जोजे माउरिन्होले यो गोल असाधारण भएको बताए । हेनरिक आफैंले पनि आफ्नो करियरकै उत्कृष्ट गोल भएको मानेका छन् ।

यद्यपि उनको यो गोल अफसाइड थियो । तर, रेफ्रीले गोलको मान्यता दिएका छन् ।

LEAVE A REPLY