अब विदेशजाने कामदारसँग लिने कल्याणकारी शुल्क बढाउने तयारी

0
200

१२ पुस, काठमाडौं । सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषबापत विदेश जाने कामदारसँग लिने शुल्क बढाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले विदेशमा मृत्यु भएकाका परिवारलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोष्णा गरेपछि शुल्क वृद्धिका लागि श्रम तथा रोजगार मन्त्रालयले तयारी थालेको हो । क्षतिपूर्ति रकम ७ लाख पुर्‍याएपछि कोषको रकम छिट्टै सकिने बताउँदै मन्त्रालयले कोषमा कादारले जम्मा गर्ने रकम वृद्धि गर्ने तयारी गरेको हो । कोषमा अहिले विदेशिने कामदारले एक हजार रुपैयाँ जम्मा गर्छन् । अब यो थप वृद्धि हुनेछ ।

Advertisements

कोषमा लामो समयमा लागि श्रम स्वीकृति लिनेले शुल्क बढी तिनुपर्ने गरी शुल्क वृद्धिको तयारी गरिएको मन्त्रालयका प्रवक्ता गोबिन्दमणि भुर्तेलले जानकारी दिए ।

‘दुई वर्ष साउदीमा जाने र ५ वर्ष कोरियाका लागि जानेले बुझाउने रकम १ हजार नै हो’ भुर्तेलले भने,’कोष्मा श्रोतको अभाव हुन नदिने बढी वर्षका लागि स्वीकृति लिनेले बढी रकम कोषमा जम्मा गर्ने ब्यवस्था गर्न लागका हौं ।’ शुल्क कति बढ्छ भन्नेबारे मन्त्रालयले केही बताएको छैन ।

प्रधानमन्त्री प्रचण्डले विदशेमा मृत्यु भएकाको परिवारलाई अहिले दिइँदै आएको ३ लाखबाट बढाएर ७ लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेपछि कोषमा बैकल्पिक श्रोतको खोजी सुरु भएको हो ।

यसक्रममा कामदारसँग लिने शुल्क नै बढाउने तयारीमा सरकार छ । वैदेशिक रोजगार कल्यणकारी कोषमा अहिले ३ अर्ब भन्दा बढी रकम जम्मा भएको छ । तर, त्यसको उपयोग क्षतिपूर्ति दिने काममा मात्रै भइरहेको छ ।

अन्य कल्याणकारी काममा कोषको रकम खर्च गर्न नसक्दा सरकारको आलोचना पनि हुने गरेको छ । तर रोजगार अधिकारीहरु अब क्षतिपूर्ति रकम बढाएपछि कोषको रकम सकिन धेरै समय नलाग्ने बताउँछन् ।

प्रधानमन्त्रीले कोषको बैकल्पिक श्रोतबारे योजना नै नबनाइ निर्णय गर्दा क्षतिपूर्ति ५ लाख पुर्‍याउने तयरी पनि लामो समयदेखि रोकिएको छ । अब मृतकका परिवारले ७ लाख रुपैयाँ क्षतिपूर्ति पाउने गरी निकट भविष्यमै नियमावलीमा संशोधन हुने दावी मन्त्रालयको छ ।

LEAVE A REPLY