धुर्मुसलाई बर्दिबासमा भव्य स्वागत

0
206

पुस १३, २०७३- मुसहर बस्ती बनाउन आएका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’लाई महोत्तरीको बर्दिबासमा स्थानीयले भव्य स्वागत गरेका छन् ।  मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सदासहितका स्थानीयवासीले  माला र अबिर लगाएर स्वागत गरे ।

Advertisements

मरनी  बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन् । कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्यार र बोरा ओढेर रात काट्दै छिन् । मरनीले धुर्मुसलाई भेटेपछि खुसी भइन् र धुर्मुसलाई आशिर्वाद दिइन् । चार करोड ७८ लाख रुपैयाँको लागतमा मुसहर बस्ती निर्माण सुरु हुँदैछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहार स्वरुप दिने योजना सहित धुर्मुस—सुन्तली पाउण्डेसनले काम थालनी गरेको बताइएको छ ।

LEAVE A REPLY