वीरेन्द्रबहादुर कार्की सचिव पदमा बढुवा

0
217

व्यवस्थापिका–संसद् सचिवालयका सहसचिव वीरेन्द्रबहादुर कार्कीको सचिव पदमा बढुवा भएको छ।सभामुख, उपसभामुख, महासचिव र सचिव रहेको व्यवस्थापन समितिको हिजोको बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सचिव सोमबहादुर थापा उमेर हदका कारण सेवानिवृत्त भएपछि खाली रहेको सचिवमा कार्कीको बढुवा भएको हो।

Advertisements

संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको सचिवका रुपमा कार्यरत कार्की कार्यव्यवस्था महाशाखाको प्रमुखको जिम्मेवारीमा रहेका थिए।

२०४७ साल भदौमा संसद् सेवामा प्रवेश गर्नुभएका सचिव कार्कीको पुर्खौली घर भोजपुरको देउरालीमा छ । उनले आजै आफ्नो कार्यभार सम्हाल्ने छन्। रासस

LEAVE A REPLY