संविधान संशोधन प्रस्तावलाई प्रक्रियाबाटै टुंगो लगाउन वनमन्त्रीको जोड

0
231

वनमन्त्री शंकर भण्डारीले संविधान संशोधन प्रस्ताव प्रक्रियाबाटै टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।

Advertisements

मन्त्री भण्डारीले संविधान संशोधन प्रस्तावलाई प्रक्रियाबाटै टुंगो लगाउन विपक्ष एमाले पनि सहमत हुनुपर्ने दावी गरे। प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले संविधान संशोधन प्रस्ताव असन्तुष्ट पक्षहरुको मागलाई सम्बोधन गर्न सरकारले ल्याउनु परेको पनि स्पष्ट पारे।

मन्त्री भण्डारीले हिमाल, पहाड र तराईका जनताको सामुहिक प्रयासमा मात्रै जल, जमिन र जंगलको उचित व्यवस्थापन गर्न सकिने धारणा पनि राखे। फाटेको मन लिएर प्राकृतिक स्रोतको उचित व्यवस्थापन सम्भव नहुने तर्क गरेका हुन्।

कार्यक्रममा सहभागी वक्ताहरुले प्राकृतिक स्रोतको उचित व्यवस्थापनका लागि सरोकारवाला मन्त्रालयहरुबीच नै सहकार्य हुनुपर्नेमा जोड दिएका थिए। मन्त्रालयहरुबीचको सहकार्यमा राष्ट्रिय नीति तय नभए प्राकृतिक स्रोतको बाँडफाँडको विषयले द्धन्द्धको रुप लिने उनीहरुको भनाई छ।

LEAVE A REPLY