इराकमा महिला पत्रकार अपहरण

0
198

इराकको राजधानी वग्दादमा इराकी बन्दुकधारीहरुले महिला पत्रकारलाई अपहरण गरेका छन्।

Advertisements

बफ्रा साविक अल कासीलाई बग्दादस्थित उनको घरबाट बन्दुकधारीहरुले अपहरण गरेर लगेको स्थनिय समाचारहरुले बताएका छन्। इराकका प्रधानमन्त्री हाइदर अल आबादीले सुरक्षअधिकारीहरुलाई अपहरणमा परेकी पत्रकारलाई सुरक्षीत उद्धार गर्न निर्देशन दिएको बताइएको छ।

हतियारधारीहरुप्रति बिरोध गर्दै सोमबार बफ्रा साविक अल कासीले समाचार लेखेलगत्तै बन्दुक धारीहरुले उनलाई अपहरण गरेका हुन। अनलाइन पत्रिका ‘आकलाम’ बफ्रा साविक अल कासीले आतंककारीहरुको बिरोध गर्दै समाचार लेखेकी थिइन।

लन्डनमा रहेको पान अरब समाचारकालागि पनि काम गर्दै आएकी बफ्रा साविक अल कासी इराकस्थित साँस्कृती मन्त्रालयकी कर्मचारी पनि हुन। स्थानिय समाचारहरुले बताए अनुसार बफ्रा साविक अल कासीको घरमा पुगेका ८ जना बन्दुक धारीहरुले उनलाइ अपहरण गरेर लगेका थिए।

बफ्रा साविक अल कासीलाई अपहरण गर्नु अगाडी उनका १६ वर्षिया छोरालाई बाधेका थिए भने घरमा भएको सम्पती समेत चोरेर लगेको बताइएको छ।

इराकमा सन २०१६ मा ७ जना पत्रकार मारिएका थिए।

LEAVE A REPLY