ओबामाको दाबी म तेस्रो पटक उठेको भए पनि निर्वाचन जीत्थे’

0
205

अमेरिकन राष्ट्रपति बाराक ओबामाले यदि तेस्रो पटक पनि चूनाव लड्न मिल्ने भए आफू विजयी हुने बताएका छन्। उनले हालै एक अन्तर्वातामा उक्त कुराको दाबी गरेका हुन्। ‘नियम अनुसार तेस्रो पटक पनि म निर्वाचनमा उठ्न मिल्ने भए म राष्ट्रपतिमा जित्ने सम्भावना थियो,’ उनले भनेका छन्।

Advertisements

अन्तर्वार्ता लगत्तै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टवी्ट गर्दै भनेका छन् ‘ओबामाले त्यसो भने पनि उनले निर्वाचनमा जित्न सक्दैन थिए।’

ओबामाका पूर्व सल्लाहकार डेभिड एक्सेलरडको ‘पोडकाष्ट दि एक्स फाईल्स’मा प्रकाशित भएको उक्त अन्तर्वातामा उनले डेमोक्रयाटिक पार्टिकी प्रत्यासी हिलारी क्लिन्टनको प्रसंसा गर्दै भनेका छन् ‘आश्चर्य लाग्दो पराजय भए पनि हिलारीले कठिन अवस्थामा पनि राम्रो काम गरेकी थिइन्।’

अन्तवार्तामा ओबामाले डेमोक्रयाटिक पार्टिलाई ‘खाली सीमान्तकृतहरुको पार्टीको रुपमा नभएर औषत अमेरिकनहरुको पार्टीको रुपमा स्थापित गराउनुपर्ने ’ धारण राखेका थिए।

LEAVE A REPLY