स्टोक सिटीलाई पराजित गर्दै लिभरपुल दोस्रो स्थानमा

0
259

लिभरपुल – स्टोक सिटीलाई पराजित गर्दै लिभरपुलले शीर्ष स्थानमा रहेको चेल्सीसँगको दुरी ६ अंकमा घटाएको छ । जितसँगै लिभरपुल म्यान्चेस्टर सिटीलाई उछिन्दै लिगको दोस्रो स्थानमा उक्लेको हो ।

Advertisements

मंगलबार राती भएको खेलमा लिभरपुलले शुरुवात भने राम्रो भएन । फेरि पनि डिफेन्सको कमजोरीको फाइदा उठाउँदै स्टोकमा जोन वाल्टर्सले स्टोकलाई खेलको १२ औँ मिनेटमा नै अग्रता दिलाए ।

तर, त्यसपछि सुधारिएको खेल प्रदर्शन गर्दै लिभरपुलका लागि एडम ललानाले ३४ औँ मिनेटमा बराबरी गोल फर्काए । यस सिजन एनफिल्डमा भएको ७ खेलमा गरिएको ८ गोलमा ललाना संलग्न छन् । उनले ४ गोल तथा ४ एसिस्ट गरेका छन् । त्यसको १० मिनेट पछि रोबर्टो फर्मिन्होले लिभरपुललाई अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा स्टोकका गिबनेली इम्बुवाले डिभोक ओरिजीको क्रसलाई आफ्नो पोष्टमा छिराउँदै आत्मघाती गोल गरे ।

यस सिजन गोलको खडेरी लागेका ड्यानिल स्टरिजले खेलका ७० औँ मिनेटमा अर्को गोल थपे । यो सिजन उनको पहिलो लिग गोल हो ।

दोस्रो हाफमा सब्सिटच्युडका रुपमा मैदान छिरेका स्टरिजले ५६ सेकेण्डमा नै गोल गरेका थिए । प्रिमियर लिगको इतिहासमा सब्सिटच्युडले गरेको यो चौँथो चाँडो गोल हो ।

जर्गन क्लपको नेतृत्वमा लिभरपुलले गरेको यो १ सयौँ गोल पनि थियो ।

१८ खेलपछि लिभरपुलको ४० अंक रहेको छ ।

LEAVE A REPLY