थाइराइड नियन्त्रणमा राख्न खानु पर्ने कुराहरु

0
260

थाइराइड हाम्रो शरिरमा पाइने एन्डोक्राइन ग्रन्थी मध्येको एक हो । गलामा पाइने यो ग्रन्थीले थाइरोक्सिन हर्मोन बनाउने गर्दछ जसले थुप्रै प्रकारको शारिरिक क्रियामा असर पार्दछ । यो ग्रन्थीले राम्रोसँग काम नगरेको खण्डमा शरिरको क्रिया राम्रोसँग हुन पाउँदैन जसका कारण शरिरले पर्याप्त ऊर्जा खर्च गर्न पाउँदैन र तौल बढ्ने गर्दछ । तौल बढ्ने स्थितीलाई हाइपोथाइराडिज्म र तौल घट्ने स्थितीलाई हाइपरथाइरोडिज्म भनिन्छ ।

Advertisements

यो रोगलाई पूर्ण रुपमा निर्मुल पार्न सकिन्न तर यसलाई नियन्त्रणमा भने ल्याउन सकिन्छ । यसका लागि थुप्रै खानाले हामीलाई सहयोग गर्दछ । डा. ऋतिका सामदारले यस्तै १० खानेकुराबारे जानकारी दिँदै छिन् ।

मेथीः

यसमा पाइने एन्टिअक्सिडेन्टले थायरोकिसन हर्मोनलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ ।

च्याऊः

यसमा सेलेनियमको मात्रा अत्यधिक हुन्छ जसले थाइराइडलाई नियन्त्रण गर्ने गर्दछ ।

अण्डाः

यसमा सेलेनियम हुन्छ जसले थाइराइडको असर कम गर्न प्रभावकारी भूमिका खेलेको हुन्छ ।

दहीः

यो खाँदा शरिरको प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ र थाइरोइड नियन्त्रणमा रहन्छ ।

चीजः

यसमा क्याल्सियमाको मात्रा अत्यधिक हुन्छ जसले थाइरोइडबाट बच्न सहयोग पुर्याउँछ ।

दूधः

दूधमा क्याल्सियमको मात्रा अत्यधिक हुन्छ जसले थाइरक्सिन हर्मोनलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ ।

माछाः

यसमा ओमेगा थ्री फ्याटी एसिड हुन्छ जसले थाइरोइड ग्रन्थीलाई नियन्त्रणमा राख्न सहयोग गराउँछ

LEAVE A REPLY