प्रदर्शनको पाँचौ दिनमा 'दंगल'को अर्को रेकर्ड

0
259

प्रदर्शनको पाँचौ दिनमा आइपुग्दा आमिर खान स्टारर फिल्मले अर्को रेकर्ड कायम गरेको छ । १५० करोड विजनेस आँकडा पार गर्दा फिल्मले मंगलबार मात्रै २३ करोड ७ लाखको विजनेस गर्यो । अहिलेसम्मका रिलिज फिल्मको पाँचौँ दिनको विजनेसमा यो सर्वाधिक मानिएको छ । यो दिनमा आमिरकै पिकेले १८ करोड, सलमानको ‘बजरंगी भाईजान’ले २१ करोड बढि र ‘धुम ३’ ले २१ करोड २५ लाखको विजनेस गरेका थिए ।

Advertisements

फिल्मले अहिलेसम्म मात्रै १५५ करोड ५३ लाखको विजनेस गरेको छ । बिदा नपर्दाको दिनको अकुपेन्सी दिन प्रतिदिन माथी चढ्दैछ । वर्ड अफ माउथ प्रशंसनिय छ । फिल्मलाई नितेश तिवारीले निर्देशन गरेका हुन् । दोश्रो विकेण्ड पार गर्दा सम्म फिल्मले २ सय करोड विजनेस गर्ने अनुमान लगाईएको छ ।

LEAVE A REPLY