कफि विथ करण’ शोमा अनुष्काले खोलिन आफुलाई यौन दुर्व्यवहार गरेको रहस्य

0
270

बलिउड अभिनेत्री अनुष्का शर्माले फिल्म ‘ऐ दिल है मुश्किल’का निर्माता तथा निर्देशक करन जौहरविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता गर्ने मनस्थित भएको बताएकी छिन् ।

Advertisements

‘कफि विथ करण’ शोमा क्याट्रिना कैफको साथमा पुगेकी अनुष्काले कारणसँगै यस्तो कुरा बताएकी हुन् । उनले भनेकी छिन् ‘फिल्म ऐ दिल है मुश्किल’को सुटिङका क्रममा करणले गलत तरिकाले छुन्थे । म यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर गर्न चाहान्थे ।

यस्तो कुराको खुलासा अनुष्काले गरेपछि सबै अचम्मित भए । उनी सँगै पुगेकी क्याट्रिनाले करणलाई साथ दिदैँ भनिन्, ‘हुनसक्छ तिमीलाई त्यस्तो लागेको मात्र हो ।’ त्यस्तै करणले पनि सफाई दिँदै त्यस समय आफू ठट्टा गर्दैथिए भने ।

यस विषयमा करण र अनुष्काबीच बहस नै चल्न थालेपछि क्याट्रिनाले कुराकानीलाई सुधार्दै भनिन्, ‘यसबारे हामी पछि फेरी कुराकानी गर्छौ । म तपाईहरु दुवैलाई माया गर्छु र म चाहन्न कि तपाईहरुबीच खटपट होस् ।’

यद्यपि, कुराकानीको क्रममा निर्देशक करण जोहरले ‘ऐ दिल है मुश्किल’को सुटिङका क्रममा अनुष्काप्रति मोह जागेको स्वीकारेका थिए ।

LEAVE A REPLY