न्यू ईएर को उपलक्ष्यमा स्टेज कार्यक्रम गर्न नपाइने

0
242

पुस १३, २०७३- प्रहरीले अंग्रेजी नयाँ वर्ष सन् २०१७ को  पूर्व सन्ध्यामा सडकमा स्टेज कार्यक्रम गर्न नदिने भएको छ । आपराधिक घटना एवं सडक दुर्घटना हुन सक्ने भन्दै उसले उपत्यकामा एकीकृत सुरक्षा योजना लागु गरेर सडकमा स्टेज कार्यक्रममार्फत गरिने शुभकामना आदानप्रदानमा प्रतिबन्ध लगाएको हो । सुरक्षा संवेदनशील मानेको क्षेत्रमा कुनै पनि स्टेज कार्यक्रम पनि गर्न नदिने उपत्यका ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार आउँदो शनिबार र आइतबार सडकमा कुनै पनि कार्यक्रम गर्न दिइने छैन ।

Advertisements

उपत्यकाका तीनवटै प्रहरी कार्यालयले संयुक्तरुपमा प्रहरी परिचालन गरेर कुनै पनि आपराधिक क्रियाकलाप घट्न नदिने उनले बताए ।  ‘अपराध र दुर्घटनामुक्त उपत्यका बनाउने उद्देश्यले एकिकृत सुरक्षा योजना लागु गरेका हौं,’ उनले भने,‘चाडपर्वका नाममा अवाञ्छित क्रियाकलाप एवं मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, झगडा गर्ने, लागू पदार्थ सेवन गर्न दिन्नौं ।’

तीन जिल्ला प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर स्टेज कार्यक्रम गर्न नदिने महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख एसपी प्रद्धुम्नम्न कार्कीले बताए । ‘सुरक्षाकर्मी विशेषगरी ठमेल, दरबारमार्गमा परिचालन गर्छौं,’ उनले भने, ‘कार्यक्रमहरुलाई शान्त, मर्यादित एवं सुरक्षित बनाइन्छ ।’

शनिबार र आइतबार उपत्यकामा २ हजार प्रहरी खटिने एसपी कार्कीले दिए । १ सय १५ स्थानमा सवारी साधनहरुको जाँच गरिने डिआइजी अर्यालले जानकारी दिए । सुरक्षा सम्बन्धी कुनै सुझाव एवं गुनासो भए प्रहरीको आकस्मिक नम्बर १००, १०३ मा फोन र ९८५१२९५१०० मा एसएमएसद्वारा सम्पर्क राख्न समेत महाशाखाले अनुरोध गरेको छ ।

ललितपुर प्रहरी परिसरका एसपी अशोक सिंहले जावलाखेल, झम्सीखेल क्षेत्रमा प्रहरी बढी केन्द्रीत हुने बताए ।  भक्तपुर परिसरको प्रमुख एसपी किरण राणाले भक्तपुरकको सुरक्षा जाँच कडा पारिने बताए ।

LEAVE A REPLY