नाबालिका करणीको अभियोग लागेका आयल निगम प्रमुख लाई जिल्ला अदालतले धरौटीमा छाडेको छ

0
196

नाबालिका करणीको अभियोग लागेका आयल निगम भैरहवा बितरण केन्द्रका तत्कालीन प्रमुख चित्ररञ्जन दासलाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाडेको छ ।

Advertisements

मगंलवार र बुधवार दुई दिनसम्म चलेको थुनछेक बहसपछि जिल्ला न्यायधिश बालचन्द्र शर्माको इजलासबाट आरोपी दासलाई ५४ हजार धरौटीमा छाड्ने आदेश भएको हो । ‘मुद्धाको पुर्पक्ष गर्नुपर्ने विद्यमान अवस्था नदेखिएको भएतापनि प्रतिवादी चित्ररञ्जन दासले पीडितसँग सेल्फी खिचाउने समेतको कर्तुत गरेको भन्ने तत्काल प्राप्त प्रमाणबाट देखिएको र सेल्फी खिचाउने पीडित नाबालक भएकाले प्रतिबादीले कुनै कसुर नै नगरेको भन्न सकिने अवस्थाको विद्यमानता नेदेखिएपछि पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई प्रतिवादीबाट ५४ हजार धरौटी राखी निजलाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नू,’ जिल्ला न्यायधीश शर्माको आदेशमा भनिएको छ ।

पीडितका तर्फबाट दिएका नाबालिकाका बुबा रामकृष्ण शर्माले जिल्ला अदालतबाट भएको आदेशप्रति असन्तुष्टि जनाउँदै पुनरावेदन जाने बताए । ‘नाबालिकामाथि भएको सवेंदनशील मुद्धामा पीडकलाई धरौटीमा छाडेर घटनाको गम्भीरता बेवास्ता भयो, उनले भने, ‘अब म पुनरावेदन जान्छु ।’।

सिद्धार्थनगर नपा–१३ स्थित डेरामा बस्दै आएकी १४ वर्षिया किशोरीमाथि भएको यो घटनाको फाईल यसअघि जिल्ला सरकारी वकिलले मुद्धा अदालतमा नलगी थप अनुसन्धानका लागि भन्दै प्रहरीमा पठाएपछि विवादित थियो ।

सो घटनाको प्रहरीले अनुसन्धान गरी मुद्धा दायर गर्न गत २१ भदौमा पठाएको प्रस्तावित रायलाई जिल्ला न्यायधिवक्ताले अभियुक्तलाई थुनामा राख्न पाइने म्याद सकिन लागेको बेलामा मात्रै मुद्धा दर्ताका लागि पेश गरिएको प्रमाणमा थप अनुसन्धान गर्न प्रहरीलाई लिखित निर्देशन दिएको थियो । निर्देशनपछि अभियुक्तलाई थुनामैं राखी अनुसन्धान गरी अदालतमा मुद्धा दायर गर्न सकिने म्याद बितेकाले उनी थुनामुक्त भएका थिए । त्यसपछि पनि प्रहरीले सरकारी वकिलको निर्देशन बमोजिम थप अनुसन्धान गरी फाईल पठाएको थियो । सो मुद्धा सरकारी वकिलले लामो समयसम्म पनि अदालतमा पेस गरेन ।

पीडक पक्षको आर्थिक प्रलोभनमा परी जबरजस्ति करणी मुद्धाका अभियुक्तलाई छुटाउन कानुनी चलखेल गरेको भन्दै सरकारी वकील पाण्डे बिरुद्ध राष्ट्रपति कार्यालयदेखि अख्तियारसम्म उजुरी परेको छ ।

LEAVE A REPLY