नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई महिला यौनांग उपहार

0
216

काठमाडौं । नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेश गर्ने तयारीमा छन् । अबको एक सातामै उनले बाराक ओबामालाई ह्वाइट हाउसबाट विस्थापित गर्नेछन् ।

Advertisements

ह्वाइट हाउस प्रवेशको तयारीमा रहेका ट्रम्पले यस्तो उपहार पाउँदैछन्, जुन सुन्दा पनि अचम्म लाग्छ । विश्वकै सर्वशक्तिमान मुलुक अमेरिकाको जस्तो राष्ट्रपतिलाई यस्तो उपहार पठाउनु चानचुने कुरा पक्कै होइन । उनलाई पठाउन लागिएको उपहार हो, योनी अर्थात महिलाको यौनांग ।

अमेरिकाको एक समलिंगी स्कुलका जोडी जुल्स र गेबले यो अभियान थालेका हुन् । उनीहरुले खोलेको सेन्ड ट्रम्प पुस्सी नामक गैरनाफामूलक वेबसाइटबाट विश्वका जोसुकै मानिसले सिधै ट्रम्पलाई योनी उपहार पठाउन सक्नेछन् । सो वेबसाइटलाई ३ दशमलव ९९ डलर तिरेर अर्डर गरेपछि गेब र जुल्सले सिधै ती योनीस्वरुपका ललिपपहरु न्युयोर्कस्थित ट्रम्पको मुख्यालयमा पठाइदिनेछन् । उनीहरुले पठाउन लागेको यो उपहार महिला यौनांगको आकार तथा रंगसँग ठ्याक्कै मिल्ने ललिपप हुनेछ ।

निर्वाचनका बेला अभिव्यक्त ट्रम्पको भनाइप्रति विरोध जनाउँै उनलाई यौनांग उपहार पठाउने यो अभियानको उद्देश्य हो । चुनावको पूर्वसन्ध्यामा डोनाल्ड ट्रम्पले ‘महिलाको यौनांगमा समाउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए जसका कारण उनी निकै विवादमा तानिएका थिए । सोही अभिव्यक्तिका कारण उनले चुनाव हार्ने आँकलन पनि गरिएको थियो ।

यो अभियानको अर्काे उद्धेश्य हो, उनीहरु अमेरिकी राष्ट्रपति चुनावको परिणामबाट असन्तुष्ट हुने धेरै मानिसहरु छन् भन्ने कुरा ट्रम्पलाई जानकारी गराउन चाहन्छन् । उक्त वेबसाइटमा लेखिएको छ, हामी अमेरिका र ट्रम्पबाट असन्तुष्ट छौँ । समावेशी र महिलाविरोधी नहुने अमेरिकाप्रतिको हाम्रो चाहना कायमै छ भन्ने कुरा ट्रम्पलाई योनी आकारका ललिपप पठाएर व्यक्त गर्न चाहन्छौँ ।

वेबसाइटमा उनलाई ‘महिला विरोधी सुँगुर’ पनि भनिएको छ ।

LEAVE A REPLY