रुसी सैनिक विमान पखेटामा आएको गडबडीका कारण दुघर्टना भएको तथ्य खुलेको छ

0
215

 

मस्को/एजेन्सी– गत आइतबार ९२ जनाको ज्यान जाने गरी भएको रुसी सैनिक विमान पखेटामा आएको गडबडीका कारण दुघर्टना भएको तथ्य खुलेको छ ।

Advertisements

दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्सको अध्ययनपछि विमान दुर्घटनाको रहस्य खुलेको हो । विमानको पखेटा बराबर रुपमा नचलेका कारण दुर्घटना भएको बताइएको छ ।

पखेटामा देखिएको खराबीका कारण पाइलटले नियन्त्रण गुमाएको जनाएको छ । दुर्घटना अघि पाइलटले ‘दी फ्याप हेल †’ भनेको ब्ल्याक बक्समा रेकर्ड भएको जनाइएको छ । जहाजमा रुसी सैनिक व्याण्ड एलेक्सजेन्ड्रोभका ६४ सदस्य, ९ पत्रकार, ८ जना सैनिक अधिकारी र ८ जना चालक दलका सदस्यसहित ९२ जना सवार थिए ।

दुर्घटनामा परी रुसका चर्चित मानवअधिकारबादी इलिजाभेट ग्लिन्कको पनि निधन भएको थियो । विमान सिरियामा रहेको रुसी सैनिक क्याम्पमा नयाँ वर्षको उपलक्ष्यमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुन हिँडेको टोलीलाई लिएर मस्कोबाट उडेको थियो ।

अनुसन्धानकर्ताहरु मंगलबार भेटिएको ब्ल्याक बक्सको अनुसन्धानमा लागेका छन् । ब्ल्याक बक्समा रेकर्ड भएको चालक दल र एयर ट्राफिक कन्ट्रोलरबीचका संवादले जहाज दुर्घटना हुन लागेको संकेत पाइएको थियो ।

ब्ल्याक बक्समा रेकर्ड भएको अन्तिम ध्वनी चालक दलका दुई सदस्यबीचको संवाद रहेको रुसी सुरक्षा एजेन्सीनिकट सञ्चारमाध्यमले जनाएका छन् ।

‘हामी……’ ‘कमाण्डर हामी खस्दै छौं’ भन्ने संवादसँगै विमान ब्ल्याक सीमा खसेको थियो ।

मस्कोबाट उडेको जहाज सोचीमा इन्धन भरेर उडेको दुई मिनेट पछि नै डेढ किलोमिटर टाढा ब्ल्याक सीमा दुर्घटना भएको थियो । दुर्घटनामा मारिएका ९२ जनामध्ये हालसम्म १५ जनाको मात्रै शब भेटिएको छ । दुर्घटनाग्रस्त जहाज १९६० तिर विकास भएको मोडलको हो । यो मोडलको जहाज रुसका विमान कम्पनीले उडाउँदैनन् । रुसी सेनासँग यो जहाज अझै ५० वटा छन् ।

 

LEAVE A REPLY