वन रक्षक गणेश शाहीको खुकुरी प्रहार गरी हत्या

0
216

ताप्लेजुङ, १७ पुस

Advertisements

ताप्लेजुङको खोक्लिङ गाविसमा आइतबार विहान एक वन रक्षकको हत्या भएको छ । जाजरकोट ८ दसेरा घर भई इलाका वन कार्यालय खोक्लिङमा कार्यरत वन रक्षक गणेश शाहीको खुकुरी प्रहार गरी हत्या गरिएको हो ।

ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले खोक्लिङ ८ दुरिङ घर भएका सविन लिम्बूले हत्या गरेको हुनसक्ने प्रारम्भिक जानकारी आएको बताए । घटनालगत्तै लिम्बू फरार रहेका छन् । डीएसपी केसीले सामुदायिक र निजी वनको विवादका विषयमा छलफल भइरहँदा उनको खेदेर हत्या गरिएको जानकारी आएको बताए । घटनास्थल सदरमुकाम फुङलिङबाट ४ कोष पश्चिममा रहेको छ ।

LEAVE A REPLY