‘म्याच फिक्सिङ’ गरे तीन वर्षसम्म जेल सजाय हुने

0
262

१७ पुस, काठमाडौं । राज्यको प्रतिनिधिका रूपमा सम्मिलित कुनै पनि खेलमा मिलेमतो गरे अब खेलाडीलाई राज्यविरुद्ध कसुरमा सजाय हुनेगरी कानुन प्रस्ताव गरिएको छ ।

Advertisements

खेल मिलेमतोमा पहिलोपटक राज्यविरुद्ध अपराध कसुर मान्नेगरी कानुनी व्यवस्था हुन लागेको हो ।  स्पष्ट कानुनी आधारबिना पछिल्लो पटक फुटबलका चार खेलाडीलाई राज्य विप्लव मुद्दा दायर गरिएको थियो ।

मुलुकी ऐन प्रतिस्थापनका लागि संसद्को विधायन समिति विचाराधीन फौजदारी संहितामा यस्तो व्यवस्था थप गरिएको हो ।  समितिमा मातहतको उपसमितिले राज्यविरुद्ध अपराधमा खेल मिलेमतोलाई पनि थप गरेको हो ।  खेलाडीले खेल मिलेमतो गरेको ठहर भएमा अब तीन वर्षसम्म कैद हुनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

फौजदारी संहिता उपसमिति संयोजक कृष्णभक्त पोखरेलले खेल मिलेमतोका घटना भए पनि कारबाहीको कानुनी आधार नभएकाले खेल मिलेमतोलाई राज्यविरुद्ध अपराधमा परिभाषित गरेको बताए। पोखरेलले भने ‘खेल मिलेमतो अब राज्यविरुद्ध अपराधको परिभाषामा समेटिएको छ ।  मिलेमतो गरेको ठहर भएमा तीन वर्षसम्म कैद गर्ने प्रस्ताव उपसमितिले गरेको छ । ’

LEAVE A REPLY