टोपीका सन्दर्भमा केही महत्वपूर्ण कुराहरु।

0
462

बिजय ज्ञवाली,

Advertisements

कतिपय सवालमा टोपीमाथी व्यापक प्रहार भएको पाईयो। मित्रहरु,टोपीमा अहंकारको गन्ध कसरी देख्नुहुन्छ र धोतीमा पिल्सिएकाहरुको गन्ध कसरी थाहा पाउन सक्नुहुन्छ? मलाई धोती र टोपीको सवाललाई लिएर बिरोध या समर्थन पटक्कै होईन। तैपनि मलाई पनि जान्न्न मन लागेर मात्र। त्यसो त भारतिय पूर्व प्रधानमन्त्रीहरु देखि लिएर र हालका प्रधानमन्त्री सम्मले टाई र शुटमा किन सजिंदैन? अनि आर्को कुरा, भारतका जतिपनि नितिनिर्माण तहमा आसिन ब्याक्तित्व छन तिनिहरुले आफ्नो मौलिकता किन छाड्न नसक्या नि? यसो भन्दैमा मैले भारतले यो गर्छ भने हामिले किन नगर्ने भन्ने मानशिकताको आशय पेश गर्न खोज्या पटटक्कै होईन भने नेपालमा पनि बिबिध जनजातिहरुको आ-आफ्नो पोशाकलाई आखिर कसले पो निषेध गरेको छ र? मुश्लीमको पहिरन के यहाँ स्विकार्य छैन र? बुद्धिष्टको पहिरन के यहाँ स्विकार्य छैन र या मधेसको पहिरन स्विकार्य नभएको अवस्था छ यहाँ? समग्रमा सवैको पहिरन, पहिचान र संस्कार हामी एक अर्काले उत्तिकै महत्त्वको रुपमा लिन्छौं भने टोपीमाथी मात्र प्रहार किन? मलाई जान्न मन लागेको कुरा मात्र हो। भलै म आफै टोपी त लगाएको छैन । तर पहाडी भेगमा अधिकांश पुरुषको शिरमा सधै टोपी नै टोपी देख्न पाईन्छ। यो उनिहरुको मौलिक पहिरन हो भने टोपीवाट अहंकारको गन्ध कसरी आयो? टोपीबाट मात्र सामन्तको गन्ध कसरी निस्कियो? के नेपालका पूर्व राष्ट्रपति र उपराष्ट्रपतिले धोती र कछाडमाथी टोपी बाध्यताले नै लगाएका हुन त? मैले अलिक बुझ्न नसकेको कुरो क्या !

हामीले नसिकेको यौटा पाठ

सामाजिक संजाल फेसबुकमा तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवसको अवसर पारेर हिजो र आज खुवै ढाका टोपीमा सजिएका तस्बिरहरु पोष्ट भए। हेरियो, कतिपयमा प्रतिक्रिया पनि जनाईंयो। तर आज यहिं सामाजिक संजालमा टोपी दिवस सकियो, अब अर्को सालको लागि जतनसाथ राख्नुपर्यो नि भनेर टोपिलाई पत्रीकामा पट्याउँदै गरेको तस्विर पनि देख्न पाईयो।
अब प्रश्न उठ्छ, के टोपी दिवस भनेर सामाजिक संजाल रंगाउनको लागि मात्र मनाईएको हो या यसको वास्तविकता, ईतिहास महिमाको महत्त्व कायम राखिराख्न यो दिवस मनाउने निर्णय गरिएको हो?

दोस्रो प्रश्न, टोपीको महत्त्व नबुझ्नेले मेरो स्वाभिमान, मेरो देश भन्दैगर्दा राष्ट्रप्रतिको दायित्व केवल प्रचारवाजीमात्र त होईन?

तेस्रो प्रश्न, राष्ट्रियताको सवालमा देश र काल बोध नगर्नेहरुले टोपिलाई फगत रमाईलोको लागि मात्र प्रयोगमा ल्याईएको हो?

टोपीको महत्त्वको बारेमा दिर्घराज प्रसाईंको मत यस्तो छ;

सन्दर्भ – राष्ट्रिय टोपी दिवस !

‘टोपी’ सगरमाथाको चिन्हको नेपाली राष्ट्रियताको गरिमा हो । प्रधानमन्त्री, मन्त्री, मन्त्रालयका सचिव, अधिकृतहरुलगायत कुन तहसम्मका कर्मचारीहरुले राष्ट्रिय पोसाक लगाउने र नेपाली टोपीलाई चाहिं अनिवार्य गराउने निर्णय गर्नसक्नुपर्छ । हामी नेपालीहरुले यो बिर्सनु हुँदैन कि नेपालको राष्ट्रिय पोसाक नेपालको पहिचान र सम्पदाको रुपमा लिइन्छ । दौरा –सुरुवाल टोपी नेपालको राष्ट्रिय सम्पदा हुन् । वेशभूषालाई राष्ट्रको सांस्कृतिक अङ्गको रुपमा लिइन्छ । नेपालको राष्ट्रिय पोसाकको आफ्नै पहिचान र महत्व छ । नेपाली संस्कृतिको पूर्वाधार वैदिककालदेखि नै अभिप्रेरित छ । विक्रम संवत्भन्दा एक हजार वर्षपूर्व हाम्रा भेषहरुको विकास भइआएको पाइन्छ ।

लोग्ने मान्छेले लगाउने भोटो, दौरा, सुरुवाद टोपी र स्वस्नीमान्छेले लगाउने ठूलो सारी, चोलो स्त्री–पुरुष दुबैले लगाइएको पाइन्छ । नेपाली पोसाकको विषयमा अमरकोशमा पनि वर्णन गरिएको छ । टोपीको माथिल्लो भाग सगरमाथा स्वरुपको हिमालयको प्रतीक भाद्गाउँले टोपी र विभिन्न बुटाका आकर्षक टोपीहरुको महत्व विश्वभरमा चिनिएको छ । दुःखको कुरा छ कि माओवादीका नेता बाबुराम भट्टराई प्रधानमंत्री बनेको १० दिन नपुग्दै नेपालको राष्ट्रिय पोसाक–दौरा–सुरुवाल टोपीलाई राष्ट्रिय पोसाक नमान्ने र आफूखसी जो जस्ले जस्तो पोसाक लगाउँछ त्यही राष्ट्रिय पोसाक हो भन्ने हचुवा निर्णय गरेर नेपालको राष्ट्रिय मूल्य–मान्यता र पहिचान अन्योलग्रस्त बनेको छ । दुःखको कुरा छ– यस्तै कतर्कको कारणले आज स्कुलका विद्यार्थीलाई टाई अनिवार्य बाँध्न लगाएर देशका भावी पुस्ताहरुलाई आ–आफ्ना पहिचानहरुबाट विमुख बनाउन खोजिदैछ । विद्यालयहरुमा केटीहरुलाई समेत टाई अनिवार्य गराइएको देख्दा हामी कस्तो भविष्यको कल्पना गरिरहेका छौं भन्ने कुराको चिन्ता लाग्छ ।

संसद एक राष्ट्रिय विधायक भएकाले त्यसको औपचारिक कार्यक्रमबाहेक दैनिक उपस्थितिमा विविध स्वरुपमा विभिन्न जाति जनजातिका पहिरन लगाएर इच्छुक जनप्रतिनिधिहरुले प्रतिनिधित्व गर्न पाउनको लागि राज्यले नैं वैधानिकता दिन सक्छ । तर आफूखुसी विदेशी सर्ट–पाइन्ट, लुङ्गी, कुर्था–पाइजामाहरु जस्ता पोसाक लगाएर औपचारिक कार्यक्रमहरुमा जाने धृष्टता गर्नु भनेको आफ्नै अपमान हो । तर स्वदेश विदेशमा हुने राष्ट्रिय औपचारिक कार्यक्रमहरुमा टोपी, दौरा–सुरुवाललाई ग्रहण गरेर नेपालको पहिचान प्रस्तुत गर्न सक्नु सबैको लागि गौरवको कुरा हो ।

नेपालको मौलिक राष्ट्रिय पोसाक र भेषको महत्व राष्ट्र संघको सम्मेलनमा पनि चर्चित छ । हाम्रो राष्ट्रका उच्च पदाधिकारीहरुबाट देशको इच्जतको लागि औपचारिक कार्यक्रममा राष्ट्रिय पोसाकको महत्वलाई अंगिकारगर्दै यसको मौलिकतालाई ब्यापक रुपमा प्रस्तुतगर्दै आएका छन् । हाम्रा कलात्मक दौरा सुरुवालमा चिटिक्क सजिएको राष्ट्रिय झण्डाको अंश बोकेको कोठ र सगरमाथाको चिन्हस्वरुप झल्काइने टोपी नेपाली राष्ट्रियताको गरिमा हो ।

LEAVE A REPLY