’डीम उच्च माविका विद्यार्थीहरु पिकनिक गएको बस पुलबाट खस्दा २ को मृत्यु, ५० घाइते

0
239

पुस १८, २०७३- हेटौंडाको सहीद स्मारकबाट सर्लाहीको परवानीपुरका लागि फर्किंदै गरेको ना३ख ७६६८ नम्बरको बस पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैया–निजगढ खण्डको दुधौरा खोलाको पुलबाट आइतबार राति खस्दा २ जनाको मृत्यु भएको छ । बसमा सवार ५० भन्दा बढी घाइते भएका छन् ।

Advertisements

मृतकको शव सनाखतको लागि वीरगन्जस्थित उपक्षेत्रीय अस्पतालमा राखिएको छ । घाइतेहरुको ट्राफिक प्रहरी र नेपाल प्रहरीले उद्धार गरी उपचारका लागि पठाएको थियो । सर्लाहीको परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थीहरु उक्त बस ‘रिजर्भ’ गरी नयाँ बर्षको अवसरमा ‘पिकनिक’ गएका थिए । बसमा सवार सर्लाही परवानीपुर १ का १५ बर्षीया रबिना बज्यु र सोही ठाउँ वडा ५ का २० बर्षीय सन्देश बस्नेतको मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पतालले जनायो ।

घाइतेहरुको सिमरास्थित तराई अस्पताल र वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ । मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका एसपी सुरेन्द्र मैनालीका अनुसार पुलबाट बस ५० मिटर तल बालुवाको ढिस्कोमा खसेको थियो ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोविन्द कार्कीले बताए । कान्तिपुरका अनुसार

 

LEAVE A REPLY