चन्द्रागिरि केबलकार चढ्न जानेलाई काठमाडौंका विभिन्न स्थानबाट निशुल्क बस सेवा संचालन

0
219

चन्द्रागिरि केबलकार चढ्न जानेलाई काठमाडौंका विभिन्न स्थानबाट निशुल्क बस सेवा संचालनमा आएको छ। चन्द्रागिरि हिल्स लिमिटडेले केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएका २ बस आइतबारदेखि संचालनमा ल्याएको छ। केबुलकार चढ्न जानेले ति बसबाट यात्रा गर्दा कुनै शुल्क बुझाउनु पर्दैन। बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन्।

Advertisements

महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँ बसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ। त्यस्तै कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ। यी बसहरु सोही रुट हुँदै पुनः स्टेशनमा फर्किने छन्। चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले थानकोटस्थित कम्पनी परिसरमा निशुल्क बस सेवाको शुभारम्भ गरे। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सो सेवाले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने विश्वास व्यक्त गरे।  कार्यक्रममा संचालक अम्बिका प्रसाद पौडेलले चन्द्रागिरि क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको बारेमा प्रकाश पारेका थिए।काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि डाँडा समुद्री सतहबाट करिव १५ सय मिटरको उचाईंमा छ। फेदीबाट केबलकार चढेर साढे दुई किलोमिटर उचाईंमा अवस्थित ‘भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ।बालउद्यान, भ्यु टावर, रेष्टुरेन्ट र बहुउद्देश्यीय हलसहित निर्माण गरिएको चन्द्रागिरि डाँडाबाट राजधानी सहर, सगरमाथा देखि धेरै पहाडी क्षेत्र समेत देख्न सकिन्छ। विश्वविख्यात केबलकार निर्माता अष्ट्रियन कम्पनी डोप्लमेयरको प्रविधि जडित चन्द्रागिरि केबलकारले प्रतिघण्टा एक हजार जना सम्म यात्रु बोक्ने क्षमता राख्दछ।

केबलकार संचालनमा आएदेखि हिजोसम्म २ लाख २५ हजार जनाले केबरकारको यात्रा गरेर भालेश्वर माहादेवको दर्शन गरेका छन्।

 

 

LEAVE A REPLY