बीसीसीआई अध्यक्ष ठाकुरलाई पदमुक्त गर्ने सुपि्रम कोर्टको फैसला

0
209

१८ पुस, काठमाडौं । भारतको सुपि्रम कोर्टले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अध्यक्ष अनुराग ठाकुरलाई पदबाट हटाएको छ ।

Advertisements

लोढा कमिटीको सिफारिस नमानेको भन्दै अदालतले बीसीसीआई अध्यक्ष ठाकुर र सचिव अजय शिर्केलाई पदमुक्त गर्ने फैसला सुनाएको हो । साथै उनीमाथि अब अदालतको आदेश अपहेलनाको मुद्दा चल्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

लोढा समितिको सिफारिसलाई सुपि्रम कोर्टले स्वीकार गरेको थियो, तर बीसीसीआईले कार्यान्वयन गर्न अस्वीकार गर्दै आएको थियो । ठाकुरलाई पदमुक्त गर्ने फैसलापछि न्यायाधीश लोढाले यो हुनु नै थियो भनेका छन् ।

अब बीसीसीआईका वरिष्ठ उपाध्यक्षले अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।

LEAVE A REPLY