आफ्नै गल्तीका कारण नेपालले खायो तेस्रो गोल

0
273

आफ्नै गल्तीका कारण नेपालले तेस्रो गोल खाएको छ। खेलको ८३ औं मिनेटमा कमला देवीले हानेको कर्नरलाई नेपाली डिफेन्डरले डिबक्समा क्लियर गर्न नसक्दा सस्मिता मलिकले गोल गरिन्।

Advertisements

यसअघि नेपाली गोलरक्षक अन्जिला सुब्बालाई बिट गर्दै सस्मिताले प्रहार गरेको बललाई नेपाली डिफेन्डर हिराकुमारी भुजेलले गोल लाइनबाट क्लियर गर्ने क्रममा कर्नर भएको थियो। कमलाले हानेको हाई कर्नरमा राम्रो जज गर्न नसक्दा नेपाली डिफेन्डरले गोल पोस्ट नजिकै सस्मितालाई गोलको अवसर जुराइदिएका थिए।

LEAVE A REPLY