आखिर किन ऐश्वर्यसँगै कामगर्न चाहदैनन् अभिषेक?

0
242
अभिषेक बच्चन र ऐश्वर्य रायबारे बलिउडमा बेलाबेला चर्चाका विषयहरु आइरहन्छन्। कहिले उनीहरुको सम्बन्ध बिग्रिदैं गएको त कहिले अन्य पारिवारीक विषयहरुले मिडिया तताइरहेको हुन्छ।
अहिले पनि उनीहरुबारे यस्तै एक विषयले चर्चा पाइरहेको छ। भारतीय समाचारमाध्यमले जनाएअनुसार ऐश्वर्य अभिषेकसँग फिल्ममा काम गर्न निकै उत्साहित थिइन्। तर अभिषेक भने उनीसँग काम गर्न इच्छुक भएनन्। अभिषेकको आगामी फिल्ममा उनले ऐश्वर्यलाई लिन चाहदैनन्। आखिर किन अभिषेक फिल्ममा ऐश्वर्यसँगै काम गर्न चाहदैनन्?
अभिषेकले यो वर्ष आफ्नो होम प्रोडक्सन फिल्म ‘लेफ्टी’ बनाउने भएका छन्। यसका निर्देशक प्रभु देवा र को प्रोड्युसर बन्टी वालिया हुनेछन्। भारतीय समाचारमाध्यमका अनुसार  अभिषेकको होम प्रोडक्सनको फिल्म हुनाले उनकी पत्नी ऐश्वर्य यस फिल्ममा काम गर्न इच्छुक थिइन्। तर अभिषेक भने फिल्ममा लीड भूमिकाको लागि ऐश्वर्यको साटो कुनै पछिल्लो पुस्ताका नायिकालाई लिन चाहन्छन्। फिल्मको भूमिकाका लागि ऐश्वर्यको उमेर बढी भएको र उनी ‘म्याच्योर’ देखिने भएकाले अभिषेकले जवान नायिका खोजेका हुन्।
ऐश्वर्य अभिषेकले गुरु, रावढा, कुछ ना कहो, ढाइ अक्षर प्रेम के, उमराव जान, सरकार राजजस्ता फिल्ममा सँगै काम गरिसकेका छन्।

LEAVE A REPLY