न्युरोड मोवाइल महोत्सवमा फोरजी नेटवर्क भएका मोवाइल फोन किन्नेहरुको संख्या बढेको छ

0
200
नेपाल टेलिकमले आइतबारदेखि काठमाडौं र पोखराबाट फोरजी सेवा सुचारु गरेपछि बजारमा फोरजी नेटवर्क भएका मोवाइल फोन किन्नेहरुको संख्या बढेको छ।
नेपालमै पहिलोपटक फोरजी सेवा सुचार भएपछि त्यस्तो नेटवर्क टिप्ने फोनहरुप्रति ग्राहकरुको आकर्षण बढेको व्यावसायीहरुले बताएका छन्।

मोवाइल बजारको रुपमा स्थापित नयुरोडमा जारी मोवाई महोत्सवमा त्यस्तै फोनहरु खोजी गर्दै जाने अवलोकनकर्ताहरु बढेको महोत्सवका संयोजक पुरुषेत्तम बस्नेतले जानकारी दिए।
उनका अनुसार आज महोत्सवमा आउने अधिकांस अवालोकनकर्ताहरु फोरजी चल्ने स्मार्टफोनप्रति बढी आकर्षित भएका छन्।

फोर जी  माेवाइल खरिदमा ७० प्रतिशतसम्म छुट
नेपालमा पहिलोपटक फोर जी सेवा आएकोले त्यस्तो नेटवर्क सपोर्ट गर्ने स्मार्ट फोनको खरिदमा आकर्षक स्कीमको व्यवस्था गरिएकोले पनि महोत्सवमा उपभोक्ताहरु आकर्षित भएको व्यावसायीहरुले जानकारी दिए। महोत्सवमा फोर जी चल्ने स्मार्ट फोनहरुमा ५ देखि ७० प्रतिशतसम्म छुट व्यवस्था गरिएको बस्नेतले बताए।

LEAVE A REPLY