प्रधानमन्त्री प्रचण्ड आगालागी पीडितहरुको अवस्था अवलोकन गर्न तेह्रथुमको संक्रान्ति बजारमा

0
194

१९ पुस, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आगालागी पीडितहरुको अवस्था अवलोकन गर्न मंगलबार बिहान तेह्रथुमको संक्रान्ति बजारमा पुगेका छन् ।गत पुस १ गते संक्रान्तिकै दिन संक्रान्ति बजारमा आगो लागेको थियो । आगलागीबाट ३२ घर जलेर नष्ट हुँदा ३२ घरपरिवारका साथै २७ परिवार डेरावालहरु प्रभावित भएका थिए ।उनी मंगलबार बिहानै तेह्रथुमको आठराई क्षेत्रमा पर्ने संक्रान्ति बजारमा पुगेका हुन् । त्यहाँ उनले राहतको प्याकेज घोषणा गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisements

संक्रान्ति बजारबाट उनी झापाको दक्षिणी गाविस बनियानी पुग्ने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्रीले धान खेतीका लागि ‘सुपर जोन’ घोषणा गर्ने कार्यक्रम छ ।

दुबै कार्यक्रम सकेर मंगलबार अपरान्ह प्रधानमन्त्री काठमाडौं र्फकने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY